बुढानीलकण्ठ – २ बँदेलीमा अखाद्य बस्तु हाली मह उत्पादन गर्ने कम्पनि सिल गरियो

बुढानीलकण्ठ – २ बँदेलीमा अखाद्य बस्तु हाली मह उत्पादन गर्ने कम्पनि सिल गरियो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।

बुढानीलकण्ठ नगरपालिका वडा नं २ बँदेलीमा रहेकाे गार्डेन एपिएरी उद्याेग प्रालिले अखाद्य बस्तु हाली मह उत्पादन गरेर बिक्री वितरण गरेकाे पाइएकाे छ ।

बुढानीलकण्ठ वडा नं. २ बस्ने  पवन सत्यालले संचालन गरेको  साे उद्याेगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बजारी गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएकाे थियाे ।

गाेप्य सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट परिचालित प्रहरी टोली र स्थानिय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा  अबैध मह र अबैध मह उत्पादन गर्ने कच्चा पदार्थ फेला परेको थियो।

अवैध काम गरेकाे भेटिएपछि संचालक  बर्ष ५९ को पवन सत्याललाई प्रहरीले  नियन्त्रणमा लिई  स्थानिय प्रतिनिधिहरुको रोहबरमा कम्पनी  सिल गरिएको छ।  थ

प अनुसन्धानको कार्य भईरहेको साथै नमुना परिक्षणको लागि र आवश्यक कारवाहीका  लागि प्रहरी बृत महाराजगंज  पठाईएको छ ।

तपाइँको प्रतिक्रिया ।