धोवीखोलामा डोजर !

कपन अनलाइन
काठमाडौं, बैशाख १८।

बुढानीलकण्ठ नगरपालिकामा धोबिखोला सरसफाई अभियान निरन्तर रहेको छ  ।

रुद्रमती हरियाली उपभोक्ता समितिको आयोजना र बुढानीलकण्ठ नगरपालिका तथा डिभिजन वन कार्यालयको सहकार्यमा कार्यक्रम बैशाख १४ गते बिहिबारबाट प्रारम्भ भएको अभियान अन्तर्गत अहिले खोलामा डोजरले सफाई गरिएको छ।

दस  दिन सम्म चल्ने धोबिखोला अर्थात रुद्रमतीखोला सरसफाई कार्यक्रमको नगरप्रमुख  मिठाराम अधिकारी, डिभिजन वन कार्यालय अधिकृत बद्रि कुमार कार्की , विभिन्न वडाका पदाधिकारी, नगरपालिका प्रमुख प्रशासकीय अधिखृत तुल्सीराम अर्याल, रुद्रमती हरीयाली उपभोक्ता समिति अध्यक्ष शम्भु कुमार श्रेष्ठ लगायत नगरपालिका महाशाखा/शाखा कर्मचारी, समाजसेवी तथा स्थानीयवासिहरुको उपस्थितिमा अभियान  सुभारम्भ गरेका थिए।

वडा नं १० स्थित पाथीभरा वस्तीबाट सुरु भएको  धोबिखोला सरसफाई अभियान वडा नं १३ भद्रकाली नौलिङ्थान सम्म १० दिन संचालन हुनेछ। फोटो सौजन्य : भरत श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।