२५६७ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा ललितपुर देखि बौद्ध सम्म साइकल यात्रा

२५६७ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा ललितपुर देखि बौद्ध सम्म साइकल यात्रा

कपन अनलाइन

काठमाडौं,बैशाख १८ । भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएको विश्वास गरिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गर्दै २५६७ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा साइकल यात्रा  गरिएको छ ।

बौद्ध बिहार संघ ललितपुरको आयोजनामा ललितपुरको  पुल्चोक देखि काठमाडौं को बौद्धनाथ स्तुपा सम्म साइकल  यात्रा  आयोजना गरेको हो । शनिबार ललितपुरको  पुल्चोक बाट शुरु भएको उक्त  यात्रा  स्वयम्भु नाथ हुदै बौद्धनाथ  सम्म पुगेको  थियो । यात्रामा सहभागी करिब २५० जना साइकल यात्रीले   महाविहार, तथा चैत्यहरूको अध्ययन भ्रमण  समेत गरेको आयोजकले जानकारी गराएको छ ।

बौद्धनाथ स्तुपामा पुग्दा साइकल यात्रीहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सदस्यहरु , पशुपतिनाथ खतिवडा श्याम राग्वा शेर्पा, शैलेश श्रेष्ठ खास्ती नेवा पुच का पदाधिकारी लगायतले खादा  लगाएर स्वागत गरेका थिए  भने पानी र जुस समेत वितरण गरेका थिए ।२५६७ औँ बुद्ध जयन्तीको  अवसरमा  युवा पुस्तालाई यहाँका सम्पदाको विषयमा ज्ञान दिन र सम्पदाको महत्व संरक्षणबारे सचेत बनाउनुको साथै पर्यटन प्रवर्द्धनमा उक्त  साइकल र्यालीले महत्वपूर्ण भूमिका खेलेको आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोकन गर्न तथा साइकल संस्कृतिलाई विकास गर्न पनि सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए   ।  उनले भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सहयोग गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै २५६७ औँ बुद्ध जयन्तीको शुभकामना दिएका थिए  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।