कागेश्वरी – ८ लभ डाँडामा डुकाउँ पर्यटन कृषि तथा सांस्कृतिक महोत्सव -२०८० हुने

कपन अनलाइन

काठमाडौं,बैशाख १८ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ८ स्थित दुबोचौर अर्थात लभ डाँडाले चर्चित क्षेत्रमा डुकाउँ पर्यटन कृषि तथा सांस्कृतिक महोत्सव -२०८० हुने भएको छ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजनामा हुन लागेको उक्त महोत्सव यहि आउँदो बैशाख २९ देखि जेठ १५ गतेसम्म गोठाटार लभ डाँडामा हुने आइतबार पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको व्यवस्थापनमा हुन लागेको डुकाउ पर्यटन कृषि तथा सांस्कृतिक महोत्सव स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्ने उदेश्य आयोजकको रहेको  छ। आकर्षक र मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु सहित विभिन्न सामग्रीहरुको बिक्रि स्टलहरु महोत्सवमा राखिने आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।