लङजम्पमा सुदीप थारुको राष्ट्रिय कीर्तिमान

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १७ ।

लुम्बिनीका सुदीप थारुले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा शनिबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् । लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम ग¥यो । सुदिप सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले निर्धारित दूरी ४४.० सेकेन्डमा पूरा गर्दै तत्कालिन मध्यपश्चिमाञ्चल टोलीको नाममा रहेको ४४.५३ सेकेन्डको कीर्तिमान भंग गर्यो  ।

लुम्बिनी प्रदेशका तुलसीराम थारुले छात्र तथा कर्णाली प्रदेशकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते ।

तुलसीले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे । सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन् । सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन् । सरिताले दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन् । छात्र ८ समय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विक पहिलो भए ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताअन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो ।

ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) ले शीर्ष स्थान कब्जा गरे । छात्राको लङजम्पमा रेसु थारु ((४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिब्यकला थारु पहिलो भए । लङजम्प र ज्याभ्लिन थ्रोका विजेता चारै लुम्बिनीका हुन् ।

तपाइँको प्रतिक्रिया ।