बुढानीलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकको बुढ्यौली स्याहारका विषयमा सचेतना गोष्ठी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १७ ।

बुढानीलकण्ठ नगरपालिकाले जेरियाट्रिक सोसाइटि नेपालको सहकार्यमा जेष्ठ नागरिकहरुको स्वास्थ्य तथा बुढयौली स्याहारका बारेमा सचेतना कार्यक्रम गरेको छ ।

नगर प्रमुख मिठाराम अधिकारी तथा उपप्रमुख अनिता लामाको उपस्थितीमा नगरले सो कार्यक्रम गरेको हो । पछिल्लो समय जेष्ठ नागरिकहरुको स्वास्थ्य तथा बुढयौली स्याहारका बारेमा चासो बढीरहेको छ । जेष्ठ नागरिकहरुको लागि विशेष स्याहारको व्यवस्था गर्न सकिएन भने उनीहरुको स्वास्थ्य जोखिम बढ्ने कुरा विज्ञहरुको रहेको पाइन्छ ।

विशेषगरी जेरियाट्रिकले सोसाइटि जेष्ठ नागरिकहरुको स्वास्थ्यमा केन्द्रित रहेर काम गरिरहेको छ । सोसाइटीले एज केयरको तालिम सञ्चालन गरी स्वदेश तथा विदेशमा काम गर्न चाहने युवायुवतिहरुलाई एजकेयरको अवसरमा जोडने काम गरिरहेको छ ।

विभिन्न नगरपालिकाहरुसँग प्रत्यक्ष समन्वय गरी जेष्ठ नागरिकको स्वास्थ्य हेरचाहमा सोसाइटिले अभियानको रुपमा कार्यक्रमहरु निरन्तर गरिरहेको सोसाइटिले बताउदै आएको छ । बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य महाशाखाले नगरक्षेत्र भित्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाहका बारेमा विशेष चासोका साथ काम गरिरहेको र नगरक्षेत्रमा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी नगरले स्वास्थ्य अभियान चलाइरहेको छ । सचेतना मुलक कार्यक्रममा वीर अस्पताल तथा के एम सि अस्पतालका जेष्ठ नागरिक विशेषज्ञहरुले जेष्ठ नागरिकहरुको हेरचाहमा कसरी विशेष ध्यान पुर्याउने ? र उनीहरुको स्वास्थ्यमा आएको समस्यालाई समाधानको लागि कसरी सहजिकरण गर्ने बारेमा विशेष प्रस्तुती गरेका थिए ।

जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन बेवास्ता गरियो भने जोखिम निम्तीने हुनाले यस तर्फ हरेक परिवार सचेत र सजग हुन जरुरी रहेको विशेषज्ञहरुको सुझाव थियो । कार्यक्रममा सोसाइटिको बारेमा बताउदै डा. सुमन्त प्रसाद बन्जाडेले जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाहमा नगरपालिकाले चाहेको अवस्थामा हामी निरन्तर सहकार्य गर्न तयार रहेको बताए  ।

नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले जेष्ठ नागरिकहरुको हितको लागि विभिन्न अभियानहरु चलाइरहेको र यस सोसाइटिले जेष्ठ नागरिकको स्वास्थ्य हेरचाहमा चासो राखेर नगरपालिकासँग जोडिन आएकोमा विशेष धन्यवाद भन्दै आगामी दिनहरुमा सोसाइटिसँग सँगै सहकार्य गर्ने कुरा बताएका थिए  ।

नगरपालिकाले यस नगरभित्र एज केयरको तालिम सञ्चालन गरी जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाहका लागि विशेष अभियान चलाउने परिकल्पना समेत आफूले गरेको कुरा नगरप्रमुखले बताउनु भएको थियो । कार्यक्रममा आगामी योजना तथा बजेटमा जेष्ठ नागरिकको लागि एज केयरको कार्यक्रम ल्याउने बारेमा पनि छलफल भएको थियो ।

ज्येष्ठ नागरिकमा हुने रोग तथा स्वास्थ्य समस्या, रोग नियन्त्रण एवं व्यवस्थापनका बारेमा गरिएको प्रस्तुति महत्वपूर्ण रहेको कुरा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बताए  ।
कार्यक्रममा स्वास्थ्य विभाग, जेरियाटिक तथा लैंगिक हिंसा व्यवस्थापन शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण शाखा, सिंहदरबार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, प्रहरी प्रभाग कपन, प्रत्येक वडा अन्र्तगत रहेका ज्येष्ठ नागरिक समितिका अध्यक्षहरु ,ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा आश्रम, संघसंस्था, प्रमुख तथा प्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु नगर बालक्लब संजालसंचारकर्मीवडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु स्वास्थ्यकर्मी स्वास्थ्य स्वयमसेविकाहरुसाथै सरोकारवाला पक्षको बाक्लो उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।