सक्रिय राजनीतिमा फर्कने रबिन अधिकारीको संकेत,बुढानिलकण्ठ नगरभर व्यापक परामर्शमा…

सक्रिय राजनीतिमा फर्कने रबिन अधिकारीको संकेत,बुढानिलकण्ठ नगरभर व्यापक परामर्शमा…

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक र सामाजिक वृतमा लामो समय सक्रिय भूमिकामा रहेर करिव १ वर्ष सतहमा देखिनेगरी सक्रिय नरहेका नेता रबिन अधिकारीले पुन: सक्रिय राजनीतिमा आउने संकेत गरेका छन।

स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडी बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक संयन्त्रमा रहेर नगरको सम्भावना,सामर्थ्य र अवसरलाई नजिकबाट बुझेका अधिकारीले पछिल्लो समय बढाएको व्यापक परामर्शलाई निकै चासोपुर्वक हेरिएको छ।

नगरपालिकाका १३ वटै वडाको राजनीतिक र सामाजिक वृतसंग छलफल अगाडी बढाएका अधिकारीले बुढानिलकण्ठ नगरपालिकाको राजनीतिलाई बहसको मुद्दा बनाएका छन।

बुढानिलकण्ठ नगरपालिकाका दुई प्रभावशाली राजनीतिक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेकपाको नगर कमिटी अध्यक्षका रुपमा नगरको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने अवसर पाएका अधिकारीको नेपाली कांग्रेसमा पनि दरिलो प्रभाव रहेको चर्चा हुने गरेको छ।

नेकपा माओवादी केन्द्र बाट  २०७४ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्दै  १०.३८ प्रतिसत मत प्राप्त गरेका  रबिन अधिकारी २०७९ सालको निर्वाचन अगाडी नेपाली कांग्रेसमा प्रवेस गरेका थिए। उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रले जमानत बचाउन नसके संगै अधिकारीको राजनीतिक ” ब्राण्ड भ्यालु ”  का वारेमा पनि व्यापक चर्चा भएको थियो।

स्थानीय सुशासन र नगरपालिकामा मुद्दाहरु प्राथमिकतामा : 

करिव एक वर्ष सक्रिय राजनीतिक परिदृश्यबाट ओझेल हुनुभएको तपाई एकाएक सक्रिय बन्नुभएको छ नि यसको संकेत चाही के हो ? भन्ने कपन अनलाइनको प्रश्नमा अधिकारीले सो समय आफु निस्क्रिय नभई अध्ययनमा रहेको बताएका छन।

उक्त समयमा आफुले नगरपालिकाको गतिविधि,सुशासन,सेवा प्रवाह र दिर्घकालिन योजनाका वारेमा अध्ययन गरेको जानकारी दिदै  अधिकारीले पछिल्लो समय विभिन्न क्षेत्रका व्यक्तित्वहरु संग छलफलमा रहेको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्ने मानव श्रोत परिचालन र प्राकृतिक श्रोतको उपयोगका वारेमा अब गम्भीर बहसको खाँचो रहेकोले परामर्श शुरु गरिएको भन्दै नेता अधिकारीले हाल नगरपालिकामा भैरहेका गलत क्रियाकलापहरुको शशक्त विरोध गर्ने तयारी रहेको बताए।

नेकपा एमाले  र नेकपा माओवादी केन्द्रका केन्द्रका स्थानीय  नेता तथा कार्यकर्ताहरु संग नियमित र सघन सम्पर्कमा रहेका अधिकारीले चाडै केहि विशेष अभियान घोषणाको तयारीमा रहेकोले प्रतिक्षा गर्न आग्रह समेत गरेका छन।

देशका पुर्व रास्ट्रपतिर प्रधानमन्त्रीको वसोवास रहेको बुढानिलकण्ठ नगरपालिकामा अधिकारीले एकाएक देखाएको सक्रियताले नेपाली कांग्रेस बुढानिलकण्ठको राजनीतिलाई पनि तरंगित बनाएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको निर्वाचन क्षेत्रका १२ मध्ये ८ वटा रहेको बुढानिलकण्ठमा अधिकारीको सक्रियतालाई विशेष चासोका साथ हेरिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।