किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५ ।

नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल ९क्यान० महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि -जब ट्रेनिङ (Pre-Job Training) आयोजना गर्ने भएको छ ।

इन्टरनेसनल गर्ल्स ईन आईसीटी डे २०२३ (International Girls in ICT Day 2023) को अवसरमा महासंघले वैशाख १९ ९२ मे० देखि चार दिनसम्म सञ्चालन हुनेगरी उक्त तालिम आयोजना गर्न लागेको हो ।

यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् ।

सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, ईमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटी सम्बन्धी सीपहरु, नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई् तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन् ।

उनका अनुसार तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछ । कम्तीमा प्लस वा सो सरहको प्रमाणपत्र भएका महिलाले यस तालिममा सहभागिता जनाउन सक्नेछन् ।

क्यान महासंघको केन्द्रीय कार्यालय खुसिबुमा हुने तालिममा सहभागी हुनयहाँ क्लिकस् जततउकस्ररतचबष्लष्लन।अबल।यचन।लउरगरी अनलाइनबाटै नाम दर्ता गराउन सकिन्छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पहलमा हरेक वर्ष अपिल २७ तारिखका दिन गर्ल्स ईन आईसीटी डे मनाइन्छ । यो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न विश्भर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।