Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/04/340622508_785389529429668_7291952170441817876_n-1024x410.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ‘डी’ को प्रथम महाधिवेशन शनिबार हुदै

कपन अनलाइन

काठमाडौं बैशाख १५ ।   लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ डी को प्रथम महाधिवेशन २०८० साल वैशाख १६ गते शनिवार काठमाडौंको  सिमलटार स्थित सिद्धार्थ  बुटिक होटेलमा हुने  भएको छ ।

डिस्ट्रिक गभर्नर  बिष्णु भाइ श्रेष्ठले लायन्स क्लबका सदस्यहरुको लागि वार्षिक सम्मेलन महान पर्व भएको बताउँदै उनले सम्मेलनको सम्पूर्ण तयारी करिब पूरा भएको  जानकारी दिदै  उक्त सम्मेलनलाइ  भव्य बनाउने तयारी भएको उनले बताए  ।   महाधिवेशनबाट लायन्स वर्ष २०२३ /२०२४ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिस्ट्रिक पदाधिकारीको चयन हुनेछ । लायन्स क्लब बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो।  सम्मेलनको समुद्घाटन अघि  जोरपाटी नारायणटार बाट   जोरपाटी चामुण्डा मन्दिर – आरुबारी हुदै सम्मेलन स्थल सिद्धार्थ बुटिक होटेल सम्म भव्य परेड आयोजना गरिने लायन बच्चुराम शर्मा कुइकेलले जानकारी गराएका छन ।

लायन वर्ष २०२३/०२४ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन रमेश लामा , प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन  सुरेन्द्र प्रकाश बालाय र द्धितीय डिष्ट्रिक्ट भाइस गभर्नरमा लायन  महेश आचार्य र किशोर भट्टराइले उम्मेदवारी दर्ता  गराएका छन ।

 

तपाइँको प्रतिक्रिया ।