निरा पाण्डे हत्याको अनुसन्धानमा एमाले नेताको चासो,डा.राजन भट्टराईले गृहमन्त्रि भेटेर के भने ?
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १५ ।
कामाण्डौ महानगरपालिका सरस्वतीनगरमा चक्कु प्रहारबाट बैशाख ७ गते गते मृत्यु भएकी निरा पाण्डे आचार्यको हत्या प्रकरणको छानविनका विषयमा नेकपा एमालेका नेताहरुले गृहमन्त्रीलाई भेटेर चासो व्यक्त गरेका छन।पेट र घाँटीमा छुरा प्रहारबाट मृत्यु पाण्डे भएकी लामो समय देखि सरस्वती नगरमा भाँडा पसलको व्यवसाय गर्दै आएकी थिइन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको नेतृत्व गएको नेकपा एमालेका नेताहरुको टोलीले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई भेटेर अनुसन्धानमा भैरहेको ढिलाई र पिडितको न्यायका लागि ध्यानाकर्षण गराएका थिए।
काठमाडौं महानगर वडा नंवर ६ सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएकाले छिटो भन्दा छिटो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको जानकारी दिदै डा. भट्टराईले नागरिकले सुरक्षाको महसुस गर्न नसकेको र सरकार असफल हुँदै गएको बताएका छन।
सो अवसरमा डा. राजन भट्टराईले नेकपा एमालेका आध्यक्ष केपी ओली माथी भएको ढुंगा प्रहारको विषय उठाउदै मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।
झापामा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कारबाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन ।
नेकपा एमालेका पोलिट ब्युरो सदस्य कृष्ण राई,केन्द्रीय सदस्य विद्यालय सुन्दर शाक्य, बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी , काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष दीपक निरौला,रास्ट्रीय युवा संघका अध्यक्ष क्षितिज थेवे,अनेरास्ववियुका अध्यक्ष समिक बडाल सहित नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।