तनहुँ-१ : ९ हजार २४६ मत गणना हुँदा स्वर्णिम वाग्लेको ५ हजार १९ मत

तनहुँ-१ : ९ हजार २४६ मत गणना हुँदा स्वर्णिम वाग्लेको ५ हजार १९ मत

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

तनहुँ-१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहान ६ बजेसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । ९ हजार २४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३५१ मत ल्याएका छन् । त्यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत ल्याएका  छन् ।

रास्वपाका वाग्ले र कांग्रेसका भट्टराईबीच २ हजार ६६८ मतको अन्तर छ ।१ लाख २३ हजार ४९० मतदाता भएको तनहुँ- १ मा उपनिर्वाचनमा ५३ प्रतिशत मात्र मत खसेको छ ।

तपाइँको प्रतिक्रिया ।