यस्तो छ (आज ) बैशाख १२ गतेको मौसम पूर्वानुमान

यस्तो छ (आज ) बैशाख १२ गतेको मौसम पूर्वानुमान

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको र अपराह्नपछि तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सोमवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।