काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धन सक्रिय, प्रदेस क्षेत्र २ मा समन्वय संयन्त्र गठन

काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धन सक्रिय, प्रदेस क्षेत्र २ मा समन्वय संयन्त्र गठन

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २९।

काठमाण्डौ क्षेत्र नं ४ मा सत्तारुढ  गठबन्धन सक्रिय बनेको छ।

सत्ता समीकरण परिवर्तन संगै स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बेवास्ता गरेपनि संघीय र प्रदेस क्षेत्रको निर्वाचनमा सक्रिय रहेको गठबन्धन विकास योजनाहरुको समन्वय र तर्जुमा गर्ने भन्दै सक्रिय बनेको छ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति तथा क्षेत्रीय संयन्त्रका संयोजक श्यामकृष्ण संगतको उपस्थितिमा भएको गठबन्धनको बैठकले प्रदेस क्षेत्र स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

बागमती प्रदेस सभा सदस्य मीना पराजुली र याङ्किला शेर्पाको उपस्थितिमा भएको सो बैठकमा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताहरुको सहभागिता रहेको थियो।

उक्त बैठकले नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख ) का सभापति रामप्रसाद लुइँटेलको संयोजकत्वमा गठन भएको सो समितीमा उद्धव चौलागाई ,मनोज सिग्देल ,तुलसी पनेरु ,श्याम श्रेष्ठ ,अम्बिका राना ,राजेन्द्र श्रेष्ठ ,बेल कुमारी बिक ,सत्य नारायण अधिकारी र बेनुका पराजुली सदस्य रहेका छन।

गठबन्धन दलका नेताहरु रहेको सो संयन्त्रले विकास निर्माण ,योजनाहरुको अवस्था र स्थानीय सरकारका काम लगायतका विषयमा नगर स्तरीय संयन्त्र संग समन्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको थियो।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।