साउदी राजकुमार अलवालिदले बत्तीस अर्ब अमेरिकी डलर लोकल्याणमा खर्च गर्ने

साउदी राजकुमार अलवालिदले बत्तीस अर्ब अमेरिकी डलर लोकल्याणमा खर्च गर्ने

रियाद, १६ असार । साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले बुधबार आफ्ना सम्पत्तिमा ३२ अर्ब अमेरिकी डलर आउँदा वर्षमा लोकल्याणकारी परियोजनामा खर्च गर्ने बचन दिनुभएको छ ।

saudi-prince

राजकुमार तलालले एक विज्ञप्ति प्रकाशन गरी यी सम्पत्तिबाट सांस्कृतिक समझदारी विस्तार गर्न सेतु तयार गर्ने, समुदाय विकास गर्ने, महिलालाई शसक्त बनाउने, युवालाई सक्षम बनाउने, प्रकोपमा राहत उपलब्ध गराउने तथा बढी सहष्णु तथा स्वीकार्य विश्व विकास गर्न सहयोग गरिने उल्लेख गर्नुभएको छ ।

उहाँले यो दान आउँदा वर्षमा राम्रोसँग योजना बनाइ खर्च गरिने उल्लेख गर्नुभएको छ । उहाँले यी रकम कहिले खर्च गरिने भन्ने समय सीमा नभएको बताउनुभएको छ ।

अलवालिदले यससम्बन्धी गुठीको सञ्चालक समितिको अध्यक्ष आफू हुने र त्यसले यो रकम खर्च गर्ने जिम्मेवारी लिने बताउनुभएको छ । उहाँले यो रकम आफ्नो मृत्युपछि पनि मानवीय परियोजना तथा प्रयासमा खर्च गरिने बताउनुभएको छ ।

राजकुमार अलवालिद साउदी राज परिवारका सदस्य हुनुहुन्छ र उहाँ स्वर्गीय राजा अब्दुल्लाहका भतिजा हुनुहुन्छ ।

परम्परावादी इस्लामिक मुलुकका राजकुमार अलवालिद कुनै पनि सरकारी पदमा हुनुहुन्न र उहाँले आर्थिक विषयमा समयसमयमा टिप्पणी गर्नुहुन्छ ।

एक पत्रकार सम्मेलनमा उहाँले बिल तथा मेलिन्डा गेट्स फाउन्डेसन तथा अमेरिकाका अन्य लोककल्याणकारी कोषको नमुनामा आफूले यस्तो दृढता व्यक्त गरेको बताउनुभयो ।

सार्वजनिक रूपमा सेयर कारोबार हुने आफ्नो संस्था किङडम होल्डिङको मुख्यालयको ६६ औँ तलामा उहाँले यो रकम यस संस्थामा रहेको सम्पत्तिभन्दा पृथक भएको बताउनुभयो । उहाँ यस संस्थाको अध्यक्ष हुनुहुन्छ ।

किङडम होल्डिङले युरो डिज्नेदेखि फोर सिजन्स होटेल र सिटिग्रुपमा लगानी गरेको छ । एएफपी

तपाइँको प्रतिक्रिया ।