समाज डेन्टल हस्पिटलको शाखा अब बौद्ध – जोरपाटीमा

समाज डेन्टल हस्पिटलको शाखा अब बौद्ध – जोरपाटीमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३।

दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने उदेश्य का साथ समाज डेण्टल हस्पिटलको नै औं शाखा बौद्ध -जोरपाटी मा खुलेको छ। समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध – जोरपाटी मा नि सेवा बिस्तार गरेको हो ।

समाज डेण्टल हस्पिटलका प्रबन्धक सबिन घिमिरिले एतिहासिक धार्मीक , सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए ।

सामान्य  शुल्कमा गुणस्तरीय सुबिधा दिने उदेश्यका साथ शाखा स्थापना गरियको घिमिरेले बताए ।यहि चैत्र २५ गते एक बिशेश समारोहका बीच उदघाटन हुने शाखाको उक्त दिन सम्पुर्ण सेवाहरुमा ५०% छुट र बाकी चैत्र महिना र बैशाख महिना भरि १५ % छुट दिने जानकारी पनि प्रबन्धक घिमिलेले दिएका छन ।

समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दात तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको शाखाहरु बानेश्वर ,जाउलाखेल ,बिपि अस्पताल ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला , बसुन्धरा चौकी , बनेपा , गठाघर भक्तपुर ,मा रहेको छ् ।

तपाइँको प्रतिक्रिया ।