भव्य बन्यो प्रशान्ति एकेडेमी बुढानिलकण्ठ -१२ को अभिभावक सम्मेलन

भव्य बन्यो प्रशान्ति एकेडेमी बुढानिलकण्ठ -१२ को अभिभावक सम्मेलन

कपन अनलाइन
काठमाडौं, चैत३० ।

वुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले १८औं बार्षिक उत्सव , अभिभावक सम्मेलन तथा विविध कार्यक्रम सम्पन्न गरेको छ।

चैत्र २५ गते विद्यालयको प्रागंणमा आयोजित भव्य कार्यक्रम माननीय मात्रिका भट्टराई प्रमुख अतिथि डा दुर्गा दहाल विशिष्ट अतिथि लगायत विभिन्न अतिथिगण तथा अभिभावक, आगन्तुक र शुभचिन्तकहरुको उपस्थितिमा सो नयॉ कार्यक्रम सम्पन्न गरेको हो। सम्पन्न कार्यक्रममा वुनपा-९ का वडा अध्यक्ष शम्भु भट्टराई, १० का नवराज भट्टराई ,वुनपा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल कपन अनलाईनका प्रधान सम्पादक पुण्य पुडासैनी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम प्रशान्ति अभिभावक सम्मेलनको दोस्रो संस्करण २०७९ भएको हो ।उक्त कार्यकेरममा साँस्कृतिक प्रस्तुति, र सुरुवातमा केही खेलहरु समेत आयोजना गरिएको थियो।

अभिभावकहरुको बाक्लो उपस्थिति  रहेको सो कार्यक्रम सफल बनाउन योगदान स्वरुप अन्यसरोकारवालालाई स्वागत गर्दै प्रिन्सिपल समिर वास्तोलाले सवैको समयको लागी आभार प्रकट गरेका थिए ।

विद्यालयका अध्यक्ष मुरारी भण्डारीले शुभकामना मन्तव्य दिंदै सम्पुर्ण अतिथि तथा आमन्त्रितलाई धन्यवाद ज्ञापन गरे। यो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रदर्शनीहरु प्रस्तुत गर्नुका साथै पुरस्कार प्रप्त पनि गरेका थिए।

तपाइँको प्रतिक्रिया ।