नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ -८ मा परामर्श तथा सम्मान कार्यक्रम सम्पन्न

नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ -८  मा  परामर्श तथा  सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, चैत २९ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोक मा रहेको  नेसनल युनाइटेड स्कुलले १४ औं ब्याचका विद्यार्थीहरूलाईपरीक्षा समाप्त भएपश्चात शैक्षिक परामर्श सहित सम्मान गर्नुका साथै शिक्षकहरुलाई समेत सम्मान गरेको छ।

दश कक्षाको अन्त्यमा लिईने राष्ट्रिय स्तरको परीक्षामा स्कुलले२०६६ सालमा पहिलो पटक सहभागी भएदेखि २०७८ सालसम्म परीक्षामा सम्मिलित सम्पूर्ण ६५० जना विद्यार्थीहरूलाई दीक्षित गराई सकेको  सो  स्कुलबाट दीक्षित विद्यार्थीहरू स्वदेश तथा बिदेशमा डाक्टर, इन्जिनियर, नर्स, चार्टर्ड एकाउन्टेन्ट, गायक, मोडल, शिक्षक, व्यापारी, समाजसेवी, राजनीतिकर्मी लगायतको रुपमा कार्य गरिरहेका छन।

यस वर्षको एसईई परीक्षाको अन्तिम दिन परीक्षाको समाप्ती पछी विद्यालयबाट सहभागी भएका सम्पूर्ण विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि एवम् बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव ललित बिक्रम सिंह, कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल, विशेष अतिथि एवम् बुढानीलकण्ठमाध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक कार्की, विद्यालयका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले विद्यार्थीहरुलाई टिका, खादा, प्रमाणपत्र एवम् मायाँको चिनो सहित सम्मान गगरेका थिए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले विद्यार्थीहरुलाई एसईई परीक्षापश्चातके गर्ने भन्ने सम्बन्धमा परामर्श दिनुका साथै सहि ढंगले अभिभावकत्व प्रदान गरेमा विद्यार्थीहरुको क्षमताअभिवृद्धि गर्न सकिने  बताउएका थिए भने विशेष  अतिथि दिपक कार्कीलेआफूलाईइच्छा लागेको विषय पढ्ने र योजनावद्ध तरिकाले अगाडीबढ्ने बानीले सफलता प्राप्त हुने कुरामा जोड दिएका थिए।

तपाइँको प्रतिक्रिया ।