सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगितामा बद्रीलाल नेपाली विजयी
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २७।
पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली ८ चरणसम्म अपराजीत रहदै एक खेल अगावै च्यापियन हुने निश्चित भएको छ । नेपालीले छैटै चरणमा लोकसागर साम्बालार्इ, सातै चरणमा नवीन तण्डुकारलार्इ र अठै चरणमा सुमन श्रेषठलार्इ पराजीत गर्दै उपाधी एक खेल अगावै पक्का गरेका हुन् ।
अठै चरणको खेल सकिदा ६ जीत १ बराबरी १ हार नतिजा निकाल्स सफल खोमप्रसाद दोस्रो स्थानमा रहेका छन् भने नेपाल च्याम्पियन पुरूषोत्तम चैलागार्इ, पूर्व नेपाल च्याम्पियनद्वय नवीन तण्डुकार र भुपेन्द्र निरैला, स्थायनीय खेलडीद्वय लोकसागर साम्बा र पुकार रार्इ सहित जम्मा १२ जान खेलाडीहरूले समान ६ अंक प्राप्त गरेका छन् ।
अन्य स्थानीय खेलाडीहरू
डीबी लिम्बू, निलम बस्नेत, बलबहादुर बस्नेत, कृष्णकुमार रार्इ, देवेन्द्र वनेम ५ अंक
जीवन रार्इ, गोपाल चाम्लिङ रार्इ, रोहित सुब्बा, कृस सबेनहाङ ४.५ अंक
नवै चरणमा टेवल १ मा बन्द्रीलाल नेपाली र पुरूषोत्तम चैलागार्इ, टेवल २ मा उमेश रार्इ र खोमप्रसाद तिम्सिना खेल्नेछन् भने स्थानीय खेलाडी लोकसागर साम्बाले प्रकाशचन्द्र नेपालसँग र पुकार रार्इले बलबहादुर तामाङसँग खेल्नेछन् ।
तपाइँको प्रतिक्रिया ।