नेपालीको रोदन : उद्धव अविचल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २५ ।
कृषिमा के क्रान्ति होला सोच्दै छु म आज,
मल बिउ दुबै छैन किसानको माझ ।
खेतबारी पूरै बाँझो युवाहरु खाडी,
नेताबाट ओर्लिरन्छ आश्वासनको बाढी ।
पिर ब्यथा कति पोखौं हरे ! संधैभरी
अर्थतन्त्र सम्झंदा नि लाग्छ कठैबरी ।
पेटमै हुदा नेपालीलाई लाग्छ रिनको भाग,
आफैं देख्दा आफूलाई नै लाग्न थाल्यो लाज ।
नेपालीको सान थियो वीर गोर्खालीको,
छिमेकीले हेप्छ अचेल सिमाना नै निल्यो ।
भृकुटी र जनक रोलान् सम्झी हाम्रो व्यथा
बेवास्ता भो रोई राछ हाम्रै सगरमाथा ।।
मरुँ मरुँ लाग्ने बन्छ भन्छन् हाम्रै घाट,
उद्घाटन गर्नुपर्छ हाम्रै नेताबाट ।
एउटा कुरा भन्छु फेरि लौ है अन्तिम चोटि,
घाट हैन देश बनाऊ बिन्ति कोटी कोटी ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।