प्रशान्ति एकेडेमीको “स्काउट दिक्षान्त कार्यक्रम” सम्पन्न

प्रशान्ति एकेडेमीको “स्काउट दिक्षान्त कार्यक्रम” सम्पन्न

कपन अनलाइन
काठमाडौं, चैत २४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ कपनमा रहेको  प्रशान्ति एकेडेमीले “स्काउट दिक्षान्त कार्यक्रम” सम्पन्न गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४  जगडोलमा विभिन्न क्रियाकलाप तथा स्काउट अभ्यासका साथ प्रशान्ति एकेडेमीका २८ विद्यार्थीहरु दीक्षित भएका थिए ।

विद्यार्थीहरूलाई  स्काउटका विभिन्न प्रयोगात्मक र शैदान्तिक पक्षरुका वारेमा प्रशिक्षक  सुमन थापाले प्रशिक्षण दिएका थिए ।प्रशान्ति एकेडेमीका विद्यार्थीहरुले तालिम प्राप्त गरेर दीक्षित भए पश्चात विभिन्न मानवीय सेवारुमा योगदान पुर्याउने छन।

विद्यार्थीहरूलाई अनुशासनमा बसि, सामान्य जीवनका आधारभूत सिपहरु सिकाई समाजसेवातर्फ अग्रसर गराउन पाउँदा एकदमै खुसी लागेको प्रिन्सिपल समिर बास्तोलाले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।