चितवन क्षेत्र नं २ मा शम्भु थापा उठने,रविलाई हराएरै छाड्ने उद्घोष

चितवन क्षेत्र नं २ मा शम्भु थापा उठने,रविलाई हराएरै छाड्ने उद्घोष

कपन अनलाइन
काठमाडौं,चैत्र १९ । दुर्गा प्रसाईँको नागरिक बचाउमहाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् । उनीहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उपनिर्वाचनमासहकार्यका साथसहभागीहुने जानकारी गराएकाहुन् ।
उनीहरुले उपनिर्वाचनहुने तीनवटै क्षेत्रमाउम्मेदवारसमेत घोषणा गरेका छ । चितवन–२ माकालोमोसो अभियानका संयोजकशम्भु थापा, तनहुँ–१ माविष्णु पराजुली, बारा– २ माचन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ । उपनिर्वाचनको लागिभोलिउम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवार घोषणा कार्यक्रममा सहभागीभएकाशम्भु थापालाई नागरिक बचाउमहाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्हलौरौ पनिथमाए । त्यसैगरी राजनीतिको वैकल्पिकशक्तिअबआफूहरु बन्ने प्रसाईंले दाबी गरे ।
प्रसाईँले प्रचण्ड र केपीओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए । अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाई छ । केहीआशागरिएका लामिछाने र लिङ्देनपनि‘उहीपोखरीमागएर हामफालेको’उनको आरोप छ ।
‘प्रचण्डबाट पनि यो कुरा पार नलागिसकेपछि र प्रचण्डपनि त्यही ठाउँमा पुगिसकेपछि अबनयाँ पार्टी आउँछ भनेर रविजीको पर्खाइमा बसें । राजेन्द्र लिङ्देन दाईको पर्खाइमा बसेको थिएँ । उहाँहरु पनित्यही ठाउँमा गएर हामफालेपछि, त्यहीपोखरीमागएर हामफालेपछि हामीले यो अभियानचलायौं । कालोमोसो दस्ता खोलेको यीभाई (शम्भु थापा) लाई लगेर थुनिदिए,’– उनले भने ।

लघुवित्त, सहकारी र बैंकको कारण आज मान्छेहरु मिटरब्याजमा फसेको उनको आरोप छ । आफूले आवाज उठाएपछि त्यसको पक्षमागगनथापा, रवि लामिछाने, माधवकुमार नेपाललगायतका मान्छेले आवाज उठाउन थालेको उनको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग गरेको सम्झौतानपत्याउन र विश्वास नगर्न पनिउनले आग्रह गरे । आफूलाई प्रचण्ड र ओलीले आश्वासनदिएर बेवकुफबनाएकोसमेत उनको आरोप छ ।
‘हाम्रा सम्माननीयप्रधानमन्त्रीजीहिजो रुँदै गरेको ठाउँमा पर्खनुस् न पर्खनुस् म छु भन्दै हुनुहुन्थ्यो । तर, विश्वास नगर्नुस्, किनभने मलाई यस्तो … (चुतिया) बनाएको छ नीउहाँहरुले, बेवकुफबनाएका छन्, उहाँ र केपीओलीले,’–उनले भने ।
साथै, राजनीति र व्यापार व्यवसायआफूसँग सिक्नआउनपनिउनले केपीओलीलाई आग्रह गरे । ‘केपीओलीजी ऋण तिर्न सक्नेगरिलिनु निभन्दै हुनुहुन्थ्यो । उहाँले विजनेस नै गरेको छैन । उहाँलाई राजनीतिपनिगर्न आएन, विजनेस पनिगर्न आएन । राजनीतिगर्नेहो भने मसँगसिक्नआउन्, देश कसरी चलाउनुपर्छ । व्यापार, व्यवसाय र राजनीति कसरी गर्नुपर्छ भन्ने कुरा मसँगसिक्नआए हुन्छ । हामी राजनीतिको पाठ सिकाउँछौं,’–प्रसाईँले भने ।
हाम्रो नेपाली पार्टी (लौरो अभियान) काअध्यक्षइन्जिनियर अनन्तराज घिमिरेले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु यो देशलाई बचाउन एकजुट हुनुपर्ने उनले बताए । रवि लामिछानेले चितवनका सोझा÷साझा र इमानदार नागरिकको मतबोरामाल्याएर ‘तीनजनाबा’को पाउमालम्पसार परेको उनको आरोप छ ।
‘उहाँ (रवि) ले सोझासाझाजनताको मतलाई एउटा बोरामाल्याउनुभयो । बोरामाल्याएको मतलाई शेरबहादुर बा, केपीबा र नानीकाबा’को पाउमालम्पसार परेर उहाँलेजनताको मतलाई प्रस्तुतगर्नुभयो,’–उनले भने ।
साथै, नागरिकताकायम छैन भन्ने थाहाहुँदाहुँदैपनि रविले ‘आईएम रवि’भन्ने भावनाले जनताको माँझमाभ्रमसिर्जना गरेको उनको आरोप छ ।
‘चितवनको जनताझुक्याएर उहाँले उपप्रधानमन्त्रीलिनुभयो, विभिन्नमन्त्रीहरु लिनुभयो ।त्यत्तिमात्रै गर्नुभएन, उहाँले सोझासाझाचितवनकाजनताको मत लगेर आफूले गरेको गल्तीका त्रुटि सच्याउनकालागि साट्नुभयो । अहिले पनिउहाँले त्यहीगर्नुभएको छ । रविलामिछानेले मुकुटो लगाएर सोझासाझजनतालाई भ्रममापार्न खोज्नुभएको छ ।हामीत्यसलाई पर्दाफास गर्नेछौं,’– उनले भने ।
नागरिक बचाउमहाअभियान र हाम्रो नेपाली पार्टी (लौरो अभियान) बाट चितवन– २ मा साझाउम्मेदवार बनेकाशम्भु थापाले रविले दुरुत्साहन मुद्दामा भिडले बचाएपछि अहिले सर्वोच्चअदालतलाई पनिच्यालेन्ज गरेको आरोप लगाए । उनी ‘आई एम रवि’भन्ने भावनाले प्रस्तुतभएको उनले बताए ।
‘चितवन–२ काउम्मेदवार ‘उहाँ दुरूत्साहनको मुद्दामा पर्नुभएको थियो । दुरुत्साहनको मुद्दामा असल केटो हो, बचाउनुपर्छ भनेर त्यहाँकाविवेकशीलनागरिकले अदालत घेराउ गरेर छुट्कारा दिए । नागरिकता छैन मलाई थाहा छ । तर यो भिडले, यो समाजले बचाउछ भनेर ‘आई एम रवि’भनेर सर्वोच्चअदालतलाई पनिउहाँले च्यालेन्जगर्नुभयो ।आईएम रविभन्ने कन्सेप्टले उहाँजानुभयो,’– उनले भने ।
रवि लामिछाने सांसद भएपछि उनले चितवनको गरिब नागरिकको पक्षमाकामनगरेको उनको आरोप छ । आगामीउपनिर्वाचनमा त्यहाँबाट आफू निर्वाचितहुनेमाकुनै शंका नरहेको उनको दाबी छ ।
‘उहाँले कहिले पनिगरिबहरुको पक्षमाबोल्नुभएन । लघुवित्तको ज्यादतीको पक्षमाबोल्नुभएन । मेरो उम्मेदवारी उहाँहरुको पक्षमाहो । म त्यहाँबाट सांसद भएर जाँदैछु । यो कुरा प्रष्ट हुनुस्,’– उनले भने ।
उनले आफूहरुको अभियानका संयोजकदुर्गा प्रसाईँलाई सिंहको संज्ञा दिए । आफूलाई भक्तिथापाको सन्तानभएको दाबीगर्दै उनले आफूलाई डमरुसँग तुलनासमेत गरे ।
‘बाघ पाल्ने मान्छेले बाघलाई दानाहाल्नजान डराउनुहुँदैन । यस्ता रविहरु ७७ वटै जिल्लामाअबहामी जन्माउँछौं । तर, इमानदार रवि जन्माउँछौं । हामीदलाल रविजन्माउँदैनौं । हामी फटाहा रविजन्माउँदैनौं । हामीनानीकाबा’को हुने रविजन्माउँदैनौं । नानीकाबा’हरुलाई अपहरण गरेर मत बेच्ने रविहामीजन्माउँदैनौं । मभक्तिथापाको सन्तानहुँ । म डमरु हुँ । सिंहको हातमापुगेको छु । यो देशको सिंह दुर्गा प्रसाईँ हो,’– उनले भने ।

तपाइँको प्रतिक्रिया ।