बज्रयोगिनी माइको जात्रामा काँहा बाजा बजाइने

बज्रयोगिनी माइको जात्रामा काँहा बाजा बजाइने

कपन अनलाइन

काठमाडौँ. चैत्र १९ ।  साँखुमा लोप भएको परम्परागत काँहा बाजाको संरक्षण  गरिने भएको छ ।करिब ३० बर्षदेखि साँखुमा जात्रा र अन्य कार्यमा बजाइने उक्त काँहा बाजा चैत २३ गतेदेखि शुरूहुने बज्रयोगिनी माइको जात्रामा बजाइने भएको छ।

शंखरापुर नगरपालिका वडा नं ६ र ७ क वडा अध्यक्षहरुको पहलमा साँखुका सँस्कृतीप्रेमीहरूको  भेलाबाट सम्भव भएसम्म साँखुका ब्यक्तिहरूलाई सो बाजाको प्रशिक्षण दिने र नभए अन्यत्र स्थानबाट ल्याएर भए पनि यसपटकको जात्रामा काँहा बाजा बजाउने निर्णय  भएको  वडा अध्यक्ष एबम  नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए । उनले यसपटक साँखुमा उक्त बाजा बजाउन प्रशिक्षण दिएर सम्भव नभएकोले किर्तिपुरको  काँहा बजा बजाउने टोलीलाई अनुरोध गरिएको  उनले जानकारी गराए।

उनले किर्तिपुरका काँहा बाजा गुठीका प्रमुख जुजुभाई महर्जनलाइ   बज्रयोगिनी  जात्राको महत्त्वपूर्ण ३ दिनमा बज्ने काँहा बजा बजाउन  अनुरोध गरिएको र आगामी दिनमा उक्त बाजाको  प्रशिक्षण दिन गरेको अनुरोधलाइ उनले स्वीकार गरेको  प्रवक्ता श्रेष्ठले जानकारी गराए । उनले उक्त कार्यमा  किर्तिपुर निवासी हलिं नेवा गुठीका सल्लाहकार श्रीकृष्ण महर्जनले समन्वय गरेको जानकारी गराए ।

 

तपाइँको प्रतिक्रिया ।