नेपाल मेडिकल कलेज अत्तरखेलमा रक्तसञ्चार सेवा आरम्भ
कपन अनलाइन
काठमाडौँ. चैत्र १९ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित नेपाल मेडिकल कलेजमा रक्तसञ्चार सेवा आरम्भ भएको छ । हालै मात्र नेपाल मेडिकल कलेजले प्याथोलोजी ल्यावलाई आधुनिक स्तर उन्नती गरे संगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रक्तसञ्चार केन्द्रले अनुगमन गरेर स्वीकृत गरेको हो । २०७९ चैत्र १७ गते देखि उक्त अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन भएसंगै सो रगत अभाब न्यूनीकरणमा सहयोग पुग्नुको साथै रगतको लागि अन्यत्रटाढा सम्म जानु पर्ने बाध्यता समेत हट्ने भएको छ ।
रक्तसञ्चार सेवा सञ्चालन गर्न आधुनिक उपकरण जडान गरिनुको साथै दक्ष मानव स्रोतको व्यवस्थापन गरीएको अस्पतालले जनाएको छ । अब सो केन्द्रबाट RBC, FEP, Cryoprecipitate , Whole blood तथा PRP जांच सेवा २४ सै घण्टा उपलब्ध हुने भएको हुँदा स्थानीयबासी एबम अस्पतालका सेवाग्राहीलाइ सहज हुनेछ।
प्रत्येक दिन स्वयंसेवी रक्तदाताबाट रगत जम्मा गरि आवश्यकता परेका र अस्पतालका बिरामीलाई वितरण गरीने प्रयोगशाला व्यवस्थापक सरोज जंग कुँवरले जानकारी दिएका छन ।