चुनावमा मात्रै चर्चित मुद्दा : यस पटक पनि “कपन डुब्ने” पक्का

चुनावमा मात्रै चर्चित मुद्दा : यस पटक पनि “कपन डुब्ने” पक्का

कपन अनलाइन

काठमाडौं ,चैत्र १७।

हरेक पटक चुनाव आउँदा निकै चर्चामा आउने कपन यस पटक पनि डुवानमा पर्ने पक्का जस्तै देखिएको छ। वर्षौ देखि निर्माणका नाममा अर्बौ बजेट व्यवस्थापन भएपनि  त्यसको परिणाम भने बाढी संगै बगेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२  र काठमाण्डौ महानगरपालिकाको वडा नं ६ का विभिन्न क्षेत्रमा वर्षौ देखि बाढी र डुवानले बितण्डा मच्चाउदै आएपनि हालसम्म दीर्घकालीन रुपमा समस्या समाधानका लागि प्रभावकारी पहल भएको भने देखिएको छैन।

कपन क्षेत्रको मूल मार्गका ब्यापार व्यवसाय र कपन क्षेत्रको घर जग्गा किनबेचलाई गम्भीर अशर गरेको डुवान समस्या समाधानका लागि भन्दै शुरु गरिएको बक्स कल्भर्ट निर्माण कछुवाको भन्दा कम गतिमा हुँदा यस वर्षको वर्षात पनि कपनवासीलाई तितो हुने देखिएको छ।

दुई दशक देखि भैरहेको डुवान समस्यलाई समाधानका लागि भएका विभिन्न प्रयासहरु पानी संगै बगेपछि  चुनावको सिजन पारेर धोवीखोला -कपन -बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजनाभन्ने नयाँ योजनाका वारेमा व्यापक चर्चा भएपनि डुवान समस्या समाधानका लागि गम्भीरतापुर्वक पहल भने हालसम्म भएको देखिदैन।

विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले सामाजिक संजालमा कपन डुवान  लक्षित ट्याग र मेन्सन गर्दै शेयर गरिएका सामाग्रीहरु हेर्दा लाग्छ पुरै राजनीतिक संयन्त्र परिचालित भएको जस्तो देखिए पनि त्यो केवल छेपारोको कथा जस्तो मात्र भएको छ किनभने साततले-आनिगुम्बा क्षेत्रमा रहेका धेरै स्थानका अबैधानिक संरचना हटाउने कार्य बाँकी नै रहेको छ।

त्यस्तै वडा नं १२ टेलीकम क्षेत्रमा निर्माण बक्स कल्भर्ट निर्माण सुस्त भएको भन्दै ठेकेदार कम्पनीका प्रतिनिधिहरु संग वडा कार्यालयले छलफल गरेपनि वडा नं ८ सुन्दर बस्तीमा  बक्स कल्भर्ट निर्माण करिव सम्पन्न गरेको ठेकेदार कम्पनीले कपन क्षेत्रमा भने ढिलासुस्ती गरेको छ।

वर्षात आउन केहि महिना मात्र बाँकी रहेको समयमा योजना निर्माणमा ढिलाई भएको भन्दै बुढानिलकण्ठ नगरपालिकाले सरोकारवालाहरु संग गरेको छलफलमा काम चाडो हुने आस्वासन दिएपनि ठेकेदार कम्पनीले नक्शांकनको विषय देखाएर ढिलाई गरिरहेको अवस्थामा यो वर्षातमा पनि विगतको जस्तै विषद र पीडादायी अनुभव कपनले भोग्ने देखिन्छ।

कपन डुवानका वारेमा केहि समाचारहरु :

https://kapanonline.com/archives/139141

https://kapanonline.com/archives/141096

https://kapanonline.com/archives/126667

तपाइँको प्रतिक्रिया ।