शंखरापुर नगरपालिकाको व्यवसाय दर्ता नवीकरण गर्ने सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं,चैत्र १६। शंखरापुर नगरपालिकाले व्यवसाय दर्ता नवीकरण गर्ने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ ।शाखा अधिकृत सुभद्रा पुडासैनीले जारी गरेको उक्त सुचनामा नगरपालिका क्षेत्र भित्र संचालनमा रहेको सम्पुर्ण व्यवसायीहरुले नगरपालिकाको नियमानुसार दर्ता तथा नवीकरण गरेर मात्र व्यवसाय संचालन गर्न अनुरोध गरेको छ ।
नगरपालिका क्षेत्र भित्र व्यवसाय दर्ता नगरी संचालनमा रेका व्यवसायहरु यथासिघ्र वडा तथा नगरपालिकाको कार्यालयमा दर्ता गर्न तथा बिगतमा दर्ता भएका तर हाल सम्म नवीकरण नभएका व्यवसायहरु तुरुन्तै नवीकरण गरि नगरपालिकाको विकास तथा सेवा प्रवाहमा सहयोग गरिदिन समेत अनुरोध गरिएको छ । साथै वडा तथा नगरपालिका बाट हुने अनुगमनका क्रममा दर्ता तथा नवीकरण नभई संचालनमा रहेका व्यवसायहरु भेटिएमा नगर कार्यपालिकाको मिति २०७९ साल फाल्गुन ३० गतेको निर्णयानुसार प्रचलित कानुन बमोजिम भई जाने समेत संबन्धित सबैलाइ सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।