बुढानिलकण्ठमा नेपाली कांग्रेस  कमजोर प्रतिपक्ष हो भन्ने प्रश्नमा के भन्छन नगरका नेताहरु ?

बुढानिलकण्ठमा नेपाली कांग्रेस  कमजोर प्रतिपक्ष हो भन्ने प्रश्नमा के भन्छन नगरका नेताहरु ?

कपन अनलाइन

काठमाडौं ,चैत्र १६ ।

बुढानिलकण्ठ नगरपालिकामा २०७४ सालको तुलनामा जनप्रतिनिधिहरुको शंख्यामा उल्लेख्य वृद्धि गरेको नेपाली कांग्रेसको भूमिका भने कमजोर देखिएको टिप्पणी हुन थालेको छ ।

२०७४ सालको निर्वाचनमा निल भएका वडा नं २ ,९ र ११ मा वडा अध्यक्ष बाहेक सबै सदस्यहरु जितेको नेपाली कांग्रेसले २०७९ को स्थानीय तहको निर्वाचनमा १३ जना जनप्रतिनिधि थप जितेको छ।

बुढानिलकण्ठ नगरपालीकाको प्रमुख र उपप्रमुख दुवै पदमा पराजित बनेको नेपाली कांग्रेसले २०७४ सालको तुलनामा जनप्रतिनिधिहरुको शंख्या बढाएपनि भूमिका भने उस्तै रहेको टिप्पणी हुन थालेको हो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दुई वडा अध्यक्ष सहित १० जनप्रतिनिधि जितेको नेपाली कांग्रेसले २०७९ सालको स्थानीय तहको निर्वाचनमा भने २ वडा अध्यक्ष सहित २३ जना जनप्रतिनिधि जितेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ४ र ५ को अध्यक्षमा विजयी बनेको नेपाली कांग्रेसले वडा नं ४  मा प्यानल नै जितेको छ भने अन्य वडामा भने मिश्रित परिणाम रहेको छ।

पहिलो  कार्यकालमा कमजोर प्रतिपक्ष भनेर निकै आलोचित बनेको नेपाली कांग्रेसले यस पटक पनि दह्रो र देखिने किसिमको भूमिका नगरपालिकामा निर्वाह गर्न नसकेको भनेर आलोचना भैरहदा नेपाली कांग्रेसका नगर समितिका पदाधिकारीहरुलाई कपन अनलाइनको प्रश्न थियो, “बुढानिलकण्ठमा नेपाली कांग्रेस  कमजोर प्रतिपक्ष बनेको हो ? “

राजाराम बुढाथोकी : नगर सभापति 

नेपाली कांग्रेसका बुढानिलकण्ठ नगर सभापति राजाराम बुढाथोकीले नगरपालिकामा नेपाली कांग्रेस कमजोर प्रतिपक्षी नरहेको दावी गरेका छन।

स्थानीय तहको निर्वाचन पश्चात प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा केन्द्रित बन्दा नगरपालिकाका कामकारवाहीमा नेपाली कांग्रेसले प्रभावकारी भूमिका नखेलेको जस्तो देखिए पनि चाडै स्थानिय सरकार संसदीय दल गठन गरेर भूमिकालाई थप प्रभावशाली बनाउने बताउदै सभापति बुढाथोकीले नगरपालिकाले प्रतिनिधि सभामा निर्वाचित भएका सांसदलाई अपमान गरिएको भन्दै आक्रोस समेत व्यक्त गरेका छन।

संघीय र प्रदेस सांसद संग सहकार्य गरेर नगरपालिकाको विकासलाई तीव्रता दिनुपर्ने समयमा स्थानीय सरकारले राजनीति गरिरहेको आरोप लगाउदै उनले नगरमा भएका विभिन्न गलत कार्यको अभिलेख संकलन गरेको र चाडै सार्वजनिक गर्ने बताएका छन।

बिजेन्द्र पुडासैनी : नगर सचिव     

नेपाली कांग्रेसका बुढानिलकण्ठ नगर सचिव  बिजेन्द्र पुडासैनीले पनि सभापति बुढाथोकीले जस्तै कमजोर प्रतिपक्षी नभएको दावी गरेका छन।

२०७४ सालको स्थानीय तह निर्वाचन भन्दा नेपाली कांग्रेसको अवस्थामा निकै सुधार भएको भएको भन्दै उनले कतिपय मुद्दामा भने प्रभावकारी भूमिका खेल्न नसकेको भने स्वीकार गरेका छन।

राजनीतिक प्रतिसोधले प्रेरित अन्यायपूर्ण कर्मचारी सरुवा,वातावरण संरक्षण ,सुशासन ,खेलकुद र युवाहरु सहित थुप्रै मुद्दाहरु रहेको बताउदै सचिव पुडासैनीले नेपाली कांग्रेस बुढानिलकण्ठ सहि समय पर्खेर बसेको धारणा राखेका छन।

बिजेन्द्र श्रेष्ठ : नगर सचिव 

नेपाली कांग्रेसका बुढानिलकण्ठ नगर सचिव  बिजेन्द्र श्रेष्ठले नगरपालिकाको नीति निर्माण तहमा अल्पमतमा रहेको हुँदा भूमिका कम देखिए पनि कमजोर प्रतिपक्षी भने नरहेको बताएका छन।

नगरपालिकाका महत्वपूर्ण निर्णय गर्ने नगर कार्यपालिकामा नेपाली कांग्रेसको प्रतिनिधित्व निकै कमजोर रहेकोले बहुमत रहेको सत्ता पक्षले पेलेरै बहुमतका आधारमा  निर्णय गर्ने गरेको आरोप लगाउदै श्रेष्ठले नेपाली कांग्रेसले लगातार विभिन्न मुद्दाहरु उठाउदै आएको बताएका छन।

स्थानीय सरकारको करिव ११ महिनाको काम र गतिविधिहरुको वारेमा नेपाली कांग्रेसले सुक्ष्म अध्ययन गरिरहेको भन्दै सचिव श्रेष्ठले अवका दिनमा विभिन्न मंचहरुमा प्रभावशाली उपस्थिति देखाउने दावी समेत गरेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।