प्रथम पावर तेक्वान्डो च्याम्पियनशिप हुदै
कपन अनलाइन
काठमाडौं चैत्र १६। प्रथम पावर तेक्वान्डो च्याम्पियन शिप हुने भएको छ।
अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा चैत्र १७ गते कलंकी स्थित अम्ब्रेला इभेन्टमा अपरान्ह ३ बजे बाट शुरु हुने उक्त प्रतियोगितामा ५८ केजी तौल समुहमा उत्कृष्ट ८ जना पुरुष प्रतियोगीले प्रतिष्पर्धा गर्ने भएका छन् भने ५३ तौल समूहमा उत्कृष्ट ८जना महिलाले प्रतिस्पर्धा गर्न लागेको आयोजकले जानकारी गराएको छ ।
खेलाडीको हौसला बढाउन उक्त कार्यक्रममा सहभागी हुन समेत आयोजकले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।