चामुण्डा देबीको रथ यात्रा सम्पन्न
कपन अनलाइन
काठमाडौं ,चैत्र १६ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा रहेको चामुण्डा देबीको रथ यात्रा सम्पन्न भएको छ। प्रत्येक वर्ष झैँ यस बर्ष पनि चैत्र अष्टमिका दिन गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको चामुण्डा देबीको रथयात्रा सम्पन्न भएको हो ।मल्लकालदेखि चल्दै आएको रथ यात्रा परम्परा , विक्रम सम्वत् २०४० देखि भने व्यवस्थित हुँदै आएर जात्रामै परिणत भएको छ ।
इतिहासमा सामन्य बली र पूजामै सीमित भएको चामुण्डाको खट यात्रा २०४० यता श्री गणेश; चामुन्डा देवीको खट यात्रा गरिदै आएको र पछि माँहाङ्काल भैरब समेत थप गरी तीन वटै रथ लाई बाजागाजा सहित माँहाङ्काल भैरब आरुबारी,बेसिगाउ, जोरपाटी चोक,शिद्देश्वर बिन्दबासिनी, बिन्दवाशीनि,अर्गौतश्वर,शर्बेश्वर,रुद्देश्वर, अर्याल गाउँ,बौद्ध पीपलबोट हुदै पुन जोरपाटी चोक बाट चामुन्डा भगबतीको मन्दिर प्राङ्गणमा ल्याई बिसर्जन गरि सम्पन्न भएको हो ।
२०४१ साल देखि निरन्तर निकालिंदै आएको चामुण्डा रथयात्रा उल्लेख्य भक्तजनको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ ,बागमती प्रदेश सभा सदस्य, छिरिंग दोर्जे लामा बागमती प्रदेश सभा सदस्य बिमल ठकुरी,गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल , उप प्रमुख सान्नानी लामा , नगरपालिकाका प्रवक्ता एबम वडा नं ५का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ ,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , वडा नं ६ का वडा अध्यक्ष नवराज लामा जनप्रतिनिधिहरु सहित बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत स्थानीय रथ यात्रामा सहभागी भएका थिए ।
चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले चैत्र शुक्ल अष्टमी तथा चामुण्डा रथयात्राको अवसरमा जनप्रतिनिधि लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, शान्ति श्रेष्ठ, वागमति प्रदेश सभा सदस्य विमल ठकुरी, छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, पूर्व राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहाल लगायतलाइ चामुण्डा क्षेत्रको विकासमा योगदान दिए वापत सम्मान गरिएको थियो ।