गुड नेर्वस इन्टरनेशनल नेपाल २० वर्ष : समुदायको विकासमा सबै सरोकारवालाको साझा धारणा

गुड नेर्वस इन्टरनेशनल नेपाल २० वर्ष : समुदायको विकासमा सबै सरोकारवालाको साझा धारणा

कपन अनलाइन
काठमाडौं, चैत १५  ।

समुदायको विकासमा सबै सरोकारवालाको साझा धारणा र जिम्मेवारी रहेको कुरा सरोकारवालाले बताएका छन् ।

गुड नेर्वस इन्टरनेशनल नेपालले नेपालमा कार्य सुरुगरेको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष स गणेशप्रसाद तिमिल्सिनाले नेपाल कोरोना कहरबाट पीडित भएको अवस्थामा विभिन्न विकासका साझेदार तथा गैर सरकारी संघसंस्थाहरुले जीवन रक्षाका लागि सहयोग प्रदान गरेकोमा धन्यवाद दिएका थिए  ।

गुड नेवर्स इन्टरनेशनल नेपालले विगतदुई दशकसम्म नेपालका विपन्न र सीमान्तकृत समुदायतथाबालबालिकाको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई प्रसंसा गर्दै बालबालिकाका क्षेत्रमा लगानीगर्नु भनेको देशको समृद्धि चाहनु हो भन्दै आफ्नो धारणा राख्नु भएको छ ।

३२ वर्ष अघि दक्षिण कोरियाबाट शुरु भएको गुड नेवर्स इन्टरनेशनलको सामाजिक सेवाको अभियान नेपालमा पनि २० वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा समग्र नेपाली बालबालिकाको तर्फबाट श्रेया अधिकारीले गुड नेवर्स इन्टरनेशनलको सहयोगका कारण हामीजस्ता धेरै नेपाली बालबालिकाको जीवनमाशिक्षा, स्वास्थ्य, संरक्षणका सवालमा पुर्याएको  योगदान स्वरुप नै आज म जस्ता थुप्रै बालबालिका, किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन भएको कुरा बताए  ।

नागरिक संघसङ्गठनका तर्फबाट किडार्क काकार्यकारी निर्देशक गोबिन्दबहादुर शाहीले मानवीय सहायता र विकासका लागि कार्यरत समाजमा रहेका विविध समस्यामा परेका,उपेक्षित, पिछडिएका तथा सीमान्तकृत वर्गका व्यक्तिहरुको जीवन स्तर उकास्नका निम्ति साझेदार संस्थाहरु मार्फत सहयोग प्रदान गर्दै आइरहेको जानकारी दिएका थिए  ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त रावतले विकासका साझेदार संस्थाले नेपालले अन्तर्राष्ट्रिय स्तरमागरिएका प्रतिबद्धताहरुलाई पूरा गर्न साथ र सहयोग गरिरहेको तर नेपाल सरकारको नीति, कार्यक्रमहरुलाई कार्यान्वयनगर्न पु¥याएको योगदानकाविषयमा समीक्षागर्दै अगाडि बढ्न जरुरी रहेको बताउँदै संस्थाको कामको प्रसंशा गरेका थिए  ।

नेपालकालागि दक्षिण कोरियाका महामहिम राजदूतपार्क चोङ सुकले नेपालका२२ जिल्लाकागरिब र सिमान्तकृत वर्गकाबालबालिकाको सुनौलो भविष्यको लागि गुड नेर्वस इन्टरनेशनलले नेपालकानागरिक संघसङ्गठनहरुसँग हातेमालो गर्दै कामगर्दै आइरहेकोमा धन्यवाद र आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए  ।

समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टले गुड नेवर्स इन्टरनेशनलले स्थापनाकालदेखि नै समाज कल्याण परिषद्सँग स्वीकृतिलिएर नेपाली बालबालिका र समुदायका जीवनमा सकारात्मक परिवर्तनका लागि कामगर्दै आईरहेकोमा खुशी व्यक्त गरेका थिए  ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका देशीय निर्देशक जे क्युङ रोले यस संस्थाले सफलतापूर्वक २० वसन्तपार गरेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सवकार्यक्रमका स्वागत मन्तव्य राख्दै संस्थाले बालबालिकाको जीवनस्तर सुधार गर्न सीमान्तकृत, संकटाभिमुख समुदाय र विपन्न परिवारकाबालबालिकालक्षित गरी २२ जिल्लाका ४३ हजार भन्दा बढी बालबालिका, उनीहरुको परिवार र समुदायको जीवन स्तर सुधार गर्न, बाल संरक्षण, शिक्षा, स्वास्थ्य,आयआर्जन, खानेपानी, सरसफाई तथा स्वच्छता, विपद् जोखिमन्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रहरुमा कार्यरत रही कार्यक्रमहरु निरन्तर सञ्चालनगरिरहेको कुरा व्यक्तगर्दै सबैको साथ र सहयोगकालागि धन्यवाद् दिएका थिए  ।

कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलले विगत २० वर्षको यात्रामा नेपालीबालबालिकाको जीवनको सकारात्मक परिवर्तनकानिम्ति खेलेको भूमिकासँग सम्बन्धित रहेर किटिनी माध्यामिकविद्यालयगोदावरी ललितपुरकाकिशोरकिशोरीले सचेतनात्मकजागरणमूखी नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कुटनीतिक नियोग, सरकारी तथा गैर सरकारी निकाय, नागरिक संघसंस्था, विकासका साझेदार, निजीतथा सहकारी संस्था, लाभान्वितवर्ग, सञ्चारकर्मी लगायत २०० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।