अनलाइनमा हुने बाल यौन शोषण विरुद्ध नेपाल प्रहरीसँग छलफल

अनलाइनमा हुने बाल यौन शोषण विरुद्ध नेपाल प्रहरीसँग छलफल

कपन अनलाइन
काठमाण्डौ, चैत्र १०।
अनलाईन माहुने बाल यौन शोषण विरुद्ध नेपाल प्रहरीसँग बुधवार विशेष छलफल गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको समन्वय र कानून अन्वेशण तथा स्रोत विकासकेन्द्र ,सिविन र वाइसरले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले, “इन्टरनेटको माध्यमले बालबालिका जघन्य अपराध तिर उन्मुख भैरहेको र यसको निकासको लागि मुख्य सचेतना रअभिभावकहरूलाईनै जागरुक बनाउनु पर्ने” बताएका छन्  ।अपराधहरूमध्ये ७५ प्रतिशत अपराधअनलाइनकोमाध्यमले हुने गरेको र प्राय यस्ता घटनामा दुवै पक्ष नाबालक देखिएको सुवेदीले बताए  । इन्टरनेटको माध्यमले सबै सहज भैरहेको छ भने जोखिम पनि उत्तिकै बढ्दै गइरहेको सुवेदीको भनाई थियो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै मानव बेचविखन अनुसन्धानब्युरोकाप्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले, “अनलाइनको मार्फत वैदेशिक रोजगारीमा जानेहरूको सख्या बढेसँगै जोखिम पनि उत्तिकै बढ्दै गइरहेको” जानकारी दिएका छन  । वर्तमानमा सबै काम अनलाइनकोमार्फत बाटहुने भएकोले जाने व्यक्तिहरू बेचविखनको उच्च जोखिममा परेको श्रेष्ठले जिकिर गरे  । त्यसैगरी ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले, “कोभिड१९ देखि शिक्षाको नाममा डिभाइसहरुको प्रयोग हुदै आइरहेको र बालबालिकाहरूलाई यसैको मार्फत अध्ययन गराउने काम भयो, त्यस लगत्तै जोखिमकाघटनाहरूबढ्दैगइरहेको ” बताएका थिए  । कार्यक्रममा प्रहरी वरिष्ठउ परीक्षक अमरचन्द धामीले, “अनलाइन सुरक्षा वर्तमानमा ठूलो चुनौति भएको र यसबाट बालबालिका सुरक्षित राख्न सचेतना आवश्यक रहेको” बताए  ।
यसैगरी नेपाल प्रहरीले साइबरसँग सम्बन्धित घटनाको उजुरी ७७ जिल्लाको जिल्लाप्रहरी कार्यालय मार्फत लिने गरेको तर साइबर सम्बन्धि मुद्दाको सुनवाई काठमाण्डौको जिल्ला अदालतबाट मात्रै हुने भएकाले काठमाण्डु बाहिरका व्यक्तिहरूलाई कठिनाइ भैरहेको जानकारी गराइएको थियो ।
देश भरिका ७७ जिल्लाका जिल्ला अदालतबाट साइब रसम्बन्धी मुद्दाको सुनवाई हुनु पर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल भैरहेको अधिवक्ता कपिल अर्यालले जानकारी दिए  । नेपाल सरकारले नेपालको दूर दराजमा इन्टरनेटको पहुँच बढाउने निती लियो तर भैपरी आएको बेला यसको जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने सन्दर्भमा कहि कतै कानूनको व्यवस्था नगरेको अधिवक्ता अर्यालको भनाई थियो । त्यसैगरी सामाजिक सञ्जालको माध्यमले अश्लिल शब्द र फोटो पोष्ट गरेमा साइबर व्युरोमा केश दर्ता हुने तर सार्वजनिक स्थलमा कोहिले अरुलाई गालि बेइज्ती गरेको छभने त्यसतो घटना सिधै अदालतमा दर्ता हुने प्रावधान रहेको भएता पनि कानून बनाउने निकायका व्यक्तिहरूनै आफु अनविज्ञ रहेको कार्यक्रममा बताईको थियो ।
कार्यक्रममा बाल यौन शोषण विरुद्ध साइबर ब्युरोका प्रहरीउपरीक्षक पशुपति रायले प्रस्तुती दिएका थिए भने बाल बालिकाको अनलाइन सुरक्षा सम्बन्धीत कानुनी व्यवस्था बारेमा अधिवक्त कपिल अर्यालले प्रस्तुती गरेका थिए  । कार्यक्रममा अनलाईनबाट हुनसक्ने जोखिम हटाउन राज्यले नीति बनाउनु पर्ने कुरामा जोड दिइएको थियो ।

तपाइँको प्रतिक्रिया ।