नेकपा एमाले बुढानिलकण्ठका पाँच जनालाई कारवाही सिफारिस,तिन जनालाई फरक जिम्मेवारी

नेकपा एमाले बुढानिलकण्ठका पाँच जनालाई कारवाही सिफारिस,तिन जनालाई फरक जिम्मेवारी
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले पाँच जनालाई कारवाही सिफारिस गरेको छ भने तिन जनालाई हाल रहेको जिम्मेवारीबाट मुक्त गर्दै फरक जिम्मेवारी दिने निर्णय गरेको छ।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीलको  बैठकले पार्टीका विभिन्न कमिटी र जिम्मेवारीमा रहेको अवस्थामा पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएका र अन्य पार्टीमा प्रवेस गरेका पाँच जनालाई कारवाही सिफारिस गरेको हो।
सो बैठकले काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा उम्मेदवारी दिएका कृष्ण तामाङ ,बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका सुमित खरेल ,नेपाली कांग्रेसमा प्रवेस गरेका राजन श्रेष्ठ ,अर्जुन लामा र लक्ष्मण रोक्कालाई कारवाहीका लागि सिफारिस गरेको हो ।
दिपु बस्नेत ,महेन्द्र श्रेष्ठ र मोहनहरी जोशीलाई  हालको जिम्मेवारी परिवर्तन गरी फरक जिम्मेवारी दिने निर्णय गरेको सो  बैठकले नेकपा एमालेको ग्रास रुट अभियानलाई सफल बनाउन विभिन्न संगठन परिचालनका कार्यक्रमहरु पनि पारित गरेको छ।
तपाइँको प्रतिक्रिया ।