हिसान नेपाल बागमती प्रदेश समिति द्वारा आयोजित “स्कुल अफ फ्युचर’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं फाल्गुन २५ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपाल बागमती प्रदेश समिति र इन्टरनेसनल डेभलपमेन्टइन्सिच्युट द्वारा आयोजित स्कुल अफ फ्युचर बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ मंगलबार काठमाडौं स्थित मिड भ्याली इन्टरनेसनल कलेजको सभाहलमा भएको उक्त कार्यक्रमको अध्यक्षता उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपाल बागमती प्रदेश समितिका अध्यक्ष भवानी पौडेलले गरेका थिए ।
हिसानकाका सल्लाहकार देवी घिमिरेले संचालन गरेको उक्त कार्यक्रममा हिसान उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपाल बागमती प्रदेशकी कोषाध्यक्ष रितल राणाले स्वागत मन्तब्य राखेको कार्यक्रमका अध्यक्ष हिसान नेपाल बागमती प्रदेश समितिका अध्यक्ष भवानी पौडेलले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै शैक्षिक बिकासका लागि हिसान ले बिभिन्न कार्यक्रम गर्दै आएको बताए ।उनले नेपालमा शिक्षाको सबलीकरणका लागि यस्ता कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा बंगलादेशका सकिल मालिक लगायतले प्रस्तुति मार्फत अनुभब साटेका थिए । कार्यक्रममा हिसान नेपाल बागमती प्रदेश समितिका उपाध्यक्ष राजकुमार आचार्य हिसान बागमती प्रदेश समितिका पदाधिकारी सहित बिभिन्न कलेजका शिक्षक प्रतिनिधिहरुकोसहभागिता रहेको थियो ।