बहुलवादलाई संविधानको प्रस्तावनामा नै राख्न दबाब दिने निर्णय

बहुलवादलाई संविधानको प्रस्तावनामा नै राख्न दबाब दिने निर्णय

काठमाडौ, १२ असार । नेपाली काङ्ग्रेसले बहुलवादलाई संविधानको प्रस्तावनामा नै राख्न दबाब दिने निर्णय गरेको छ । मस्यौदा समितिमा रहेका कांग्रेस सभासदहरुको आज बिहान बसेको बैठकले संविधानको असंशोधनीय प्रावधानमा संसदीय शासन प्रणालीलाई राख्नुपर्नेमा पनि जोड दिने निर्णय गरेको काङ्ग्रेस सभासद जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।

 

nepali-congress प्रदेशसभामा हुने निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने, अख्तियारको क्षेत्राधिकार कटौती गर्नुपर्ने लगायतका माग गर्ने निर्णय काङ्ग्रेस सभासदहरुले गरेका छन् । संविधानसभाको मस्यौदा समिति अन्तर्गतको कार्यदलले तयार पारेको प्रारम्भिक खाकाको शासकीय व्यवस्थामा मात्रै बहुलवाद शब्द राखिएको छ । – See more at:

तपाइँको प्रतिक्रिया ।