मीनबहादुर विष्ट स्मृति अन्तरपालिका क्वाटर म्याराथनको सम्पूर्ण तयारी पुरा
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २३ । नेपालका प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावक मीनबहादुर बिष्टको समृतिमा हुन लागेको काठमाडौं उपत्यकास्तरीय अन्तरपालिका क्वाटर म्याराथन दौडको सम्पुर्ण तयारी पुरा भएको छ ।फाल्गुन १४ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मीनबहादुर बिष्ट स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको उक्त दौडको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानको अध्यक्ष अशोक बिष्टले कपन अनलाइनलाइ जानकारी गराए ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा काठमाडौं उपत्यकाका पालिकाहरु बीच हुने उक्त म्याराथन दौडमा उपत्यकाका २१ स्थानीय तहको सहभागिता रहने समेत उनले जानकारी गराएका छन ।
प्रत्येक वर्ष मीनबहादुर बिष्ट स्मृति प्रतिष्ठानले संचालन गर्दै आएको उक्त प्रतियोगिता यस पटक भने स्थानीय सरकार बीच आपसी भाइचारा र सम्बन्ध विस्तारका साथै खेलाडीहरुको उत्पादन तथा उत्थानसहित खेल विकासमा सहयोग पुर्याउने उदेश्य सहित अन्तरपालिका बीच प्रतिष्पर्धा गराउन लागिएको अध्यक्ष बिष्टले जानकारी गराए ।बिहान ७ बजे गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित पिस ब्यन्केट बाट शुरु हुने दौड जोरपाटी- बौद्ध- टुसाल- चुच्चेपाटी चाबहिल – गौशाला परिक्रमा गरि सोहि रुट हुदै पिस ब्यान्केट पुगी समापन हुने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा सहभागी धावकहरुले प्रमाण पत्र प्राप्त गर्नुको साथै प्रथम,दितीय र तृतीय हुने धावकहरुले क्रमश नगद रु ५० हजार, २५ हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।
सन् १९५१ मा भारतको नयाँ दिल्लीमा प्रथम पटक आयोजित प्रथम एशियन खेलमा दौड तर्फ ४०० र ६०० माइल इभेन्ट नेपालका तर्फ बाट मीन बहादुर बिष्टले नेपालकै प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावकको रुपमा चिनिएका थिए। नेपालमा खेलको विकास गर्न पछि परेका खेलाडीहरुलाई उत्थान र प्रेरणा प्रधान गर्न र समग्र खेल मार्फत नेपाल राष्ट्रलाइ चिनाउने उदेश्यसहित मीनबहादुर बिष्ट स्मृति प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानका उपाध्यक्ष अच्युत बिष्टले जानकारी गराए । स्थानीय तहमा लुकेर बसेका धावकहरुको खोजि गरि प्रतिस्पर्धाको माध्यम बाट राष्ट्रिय धावकहरुको उत्पादन गर्ने उदेश्य सहित आयोजना गर्न लागेको सो प्रतियोगितामा काठमाडौं उपत्यका ( काठमाडौं, भक्तपुर र ललितपुर) जिल्लाका २१ वटा स्थानीय तह बाट दुइ जना महिला र २ जना पुरुषको सहभागिता रहेको छ ।
बिहान निर्धारित समयमा नै प्रतियोगिता शुरु हुने हुँदा सहभागी प्रतियोगीहरुलाई समयमा नै कार्यक्रम स्थलमा आइपुग्न समेत आयोजकले अनुरोध गरेको छ । वि.सं. २०६१ सालमा खेल, खेलाडी, अनुशासन र राष्ट्रियता भन्ने मुल नाराका साथ स्थापित प्रतिष्ठानले हालसम्म विभिन्न ईभेन्टमा दौड प्रतियोगिता संचालन गरिसकेको छ । कार्यक्रमको विशेष अवसर पारेर देशका उत्कृष्ठ भेट्रान्स खेलाडी तथा अन्य समाजका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गर्दै आएको छ । कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याएका ७ जनालाइ बिशेष सम्मान गरिने समेत आयोजकले जानकारी गराएको छ ।सन् १९५१ मा भारतको नयाँ दिल्लीमा प्रथम पटक आयोजित प्रथम एशियन खेलमा दौड तर्फ ४०० र ६०० माइल इभेन्ट नेपालका तर्फ बाट मीन बहादुर बिष्टले नेपालकै प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावकको रुपमा चिनिएका थिए। नेपालमा खेलको विकास गर्न पछि परेका खेलाडीहरुलाई उत्थान र प्रेरणा प्रधान गर्न र समग्र खेल मार्फत नेपाल राष्ट्रलाइ चिनाउने उदेश्यसहित मीनबहादुर बिष्ट प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष अशोक बिष्टले जानकारी गराए ।