होली संगै नेपालमा मनाइयो ला टोमाटिनो फेस्टिवल
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २३ । असत्यमाथी सत्यको जित र हर्षका रुपमा बसन्त रितुको उमङमा मनाईने होली पर्वलाई नेपालमै पहिलो पटक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलको आयोजनामा होली महोत्सब तथा ला-टोमिटिनो फेस्टिबल मनाइएको छ ।ग्लोबल टुरिजम प्रमोसन काउन्सिलको आयोजनमा लौनचौर स्थित नेपाल स्काउट परिसरमा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसंगै आयोजना गरिएको थियो । गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर ला-टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो ।
पर्वले देशको कला,धर्म,संस्कृतिको पहिचान गर्ने र चाडपर्वलाई संरक्षण ससँगै पुस्तान्तरण गर्नुका साथै नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने र आन्तरिक तथा बाह्य पर्यटनलाई समेतलाई टेवा पुग्ने भएकोले फागुपूर्णिमाको अवसरमा होली महोत्सब तथा ला-टोमिटिनो फेस्टिबल आयोजना गरिएको आयोजक को भनाइ रहेको छ ।नेपाललाई सधैंभरी पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ रहेको छ ।