नेपालमा पहिलो पटक होली महोत्सब तथा ला-टोमिटिनो फेस्टिबल हुने

नेपालमा पहिलो पटक होली महोत्सब तथा ला-टोमिटिनो फेस्टिबल हुने

कपन अनलाइन

काठमाडौं ,फाल्गुन २१ । असत्यमाथी सत्यको जित र हर्षका रुपमा बसन्त रितुको उमङमा मनाईने होली पर्वलाई नेपालमै पहिलो पटक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलको आयोजनामा होली महोत्सब तथा ला-टोमिटिनो फेस्टिबल हुने भएको छ ।

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलको आयोजनमा लौनचौर स्थित नेपाल स्काउट परिसरमा कार्यक्रम हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । होली पर्वलाई पर्यटक भित्राउने पर्वको रुपमा मनाउने उदेश्यले होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल पनि नेपालमा मनाइने होली पर्वसँगै आयोजना गर्न लागिएको वताएको छ ।

पर्वले देशको कला,धर्म,संस्कृतिको पहिचान गर्ने र चाडपर्वलाई संरक्षण ससँगै पुस्तान्तरण गर्नुका साथै नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने र आन्तरिक तथा बाह्य पर्यटनलाई समेतलाई टेवा पुग्ने भएकोले फागुपूर्णिमाको अवसरमा होली महोत्सब  तथा ला-टोमिटिनो फेस्टिबल आयोजना हुन गर्न लागिएको ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले बताए ।

करीब ५ हजार दर्शकको सहभागीता रहने लक्ष्य  राखिएको  कार्यक्रमले नेपालको  पर्यटनमा थप टेवा पुर्याउने बिश्वास आयोजकले लिएको छ ।कार्यक्रममा चर्चित क्लाकार ,गायक ,गायिका ,हास्यकलाकार तथा राजनीतिज्ञको पनि उपस्थिती रहने आयोजकले जानकारी गराएको छ । त्यस्तै कार्यक्रको मुख्य प्रायोजकमा स्मिरनफ भोड्का र प्रायोजकमा नेपाल टेलिकम,टुवोर्ग वियर,करेन्ट चाउचाउ,वेभसर्भर र पेप्सी रहेका छन। कार्यक्रममा प्रवेश नि शुल्कको व्यवस्था गरिएको समेत आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।