नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्रियाशील सदस्यहरुको पुनर्ताजगी कार्यक्रम
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २१ । साबिक नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ र हाल क्षेत्र नं ३ मा २०४६ साल देखि अनवरत रुपमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको पुनर्ताजगी कार्यक्रम गरिएको छ । शुक्रबार डा . सुन्दर सिह बोहराको पहलमा सम्पन्न उक्त कार्यक्रममा पूर्व क्षेत्रीय सभापति लोकेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
अनौपचारिक रुपमा भएको उक्त भेटघाटमा नयाँ तथा पुराना स्मृतिको छलफल एंब पुनरताजगीको आत्मसाथ गरिएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालका सबैजसो राजनीतिक परिवर्तनको केन्द्रमा रहेको नेपाली कांग्रेसमा पछिल्ला समयमा देखिएका केही नराम्रा परिवर्तन र सुधार आवश्यक रहेको बताएका थिए ।
काँग्रेस आफैमा कमजोर नरहेको तर एकअर्काको खुट्टा तानातानका कारण कमजोर भएको हुँदा त्यस्तै प्रवित्ति त्याग्नु पर्नेमा जोड दिएका थिए ।नेतादेखि कार्यकर्तासम्म देखिएको सैद्धान्तिक विचलन अर्को समस्या भएको बताउदै व्यक्तिगत लाभ र लोभको कारण सैद्धान्तिक विचलन देखिएको समेत बताएका थिए ।कांग्रेसमा अहिले दुईखाले युवाहरू प्रवेश गरिरहेको तर्फ इंकित गर्दै एक खाले कांग्रेसको नीति, विचार र सिद्धान्त बुझेर र अर्कोथरी विशुद्ध स्वार्थपूर्तिका लागि नेपाली कांग्रेसमा लागिरहेको बताएका थिए ।नयाँ पुस्तामा धेरै आफ्नो स्वार्थका लागि पार्टीमा लाग्ने चलन बढेको मा चिन्ता गर्दै त्यसले गर्दा नीतिलाई होइन, नेतालाई छान्ने र उसैलाई खुसी पार्ने चलनको कारण पनि समस्या देखा परेको बताएका थिए ।
पार्टीमा विचारधारा गौण भएकाले व्यक्तिवादी सोच बढेको भन्दै त्यसलाई अन्त्य गर्त पार्टीभित्रकै विचारलाई एक बनाउने र पार्टीको विचारलाई पनि समयअनुसार बनाउनुपर्नेमा जोड दिदै ।कतिपय कुराहरू परिष्कृत गर्नुपर्ने पनि बताएका थिए । साथै यस्ता कार्यक्रमले नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह भर्ने हुँदा कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा अबुर्द रोग( क्यान्सर)को जनचेतना जगाउने उदेश्य सहित मेची महाकाली साइकल यात्रा गरेका गोकर्णेश्वरका धुर्ब हुमागाई लाइ खादा लगाई सम्मान गरिएको उक्त कार्यक्रममा राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडोल(जगडोल)का अध्यक्ष सुदर्शन सिग्देलले राष्ट्रिय सहिद तथा बेपत्ता स्मृति स्मारक उद्यान निर्माण व्यवस्थापन कार्ययोजना हस्तान्तरण गरिएको थियो ।