नेपालका प्रथम म्याराथन धावक मीनबहादुर बिष्टको सम्झनामा उपत्यकास्तरीय अन्तरपालिका म्याराथन दौड हुने
कपन अनलाइन
काठमाडौं फाल्गुन १८ । नेपालका प्रथम म्यारथन धावक मीनबहादुर बिष्टको सम्झनामा काठमाडौं उपत्यकास्तरीय अन्तरपालिका म्याराथन दौड हुने भएको छ । फाल्गुन १४ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मीनबहादुर बिष्ट स्मृति प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको प्रतिष्ठानको उपाध्यक्ष अच्युत बिष्टले कपन अनलाइनलाइ जानकारी गराए।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा काठमाडौं उपत्यकाका पालिकाहरु बीच हुने उक्त म्याराथन दौडमा उपत्यकाका २१ स्थानीय तहको सहभागिता रहने समेत उनले जानकारी गराएका छन ।
प्रत्येक वर्ष मीनबहादुर बिष्ट स्मृति प्रतिष्ठानले संचालन गर्दै आएको उक्त प्रतियोगिता यस पटक भने स्थानीय सरकार बीच आपसी भाइचारा र सम्बन्ध विस्तारका साथै खेलाडीहरुको उत्पादन तथा उत्थानसहित खेल विकासमा सहयोग पुर्याउने उदेश्य सहित अन्तरपालिका बीच प्रतिष्पर्धा गराउन लागिएको प्रतिष्ठानका उपाध्यक्ष बिष्टले जानकारी गराए ।दौड प्रतियोगितामा एउटा काठमाडौं उपत्यकाका पालिकाहरु बाट पालिकाले सिफारिस गरेर पठाएका २ पुरुष र २ महिला धावक सहभागी गराइने जानकारी दिदै प्रतियोगितामा सहभागी धावकहरुले प्रमाण पत्र प्राप्त गर्ने त्यसैगरि प्रथम,दितीय र तृतीय हुने धावकहरुलाइ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।
सन् १९५१ मा भारतको नयाँ दिल्लीमा प्रथम पटक आयोजित प्रथम एशियन खेलमा दौड तर्फ ४०० र ६०० माइल इभेन्ट नेपालका तर्फ बाट मीन बहादुर बिष्टले नेपालकै प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावकको रुपमा चिनिएका थिए। नेपालमा खेलको विकास गर्न पछि परेका खेलाडीहरुलाई उत्थान र प्रेरणा प्रधान गर्न र समग्र खेल मार्फत नेपाल राष्ट्रलाइ चिनाउने उदेश्यसहित मीनबहादुर बिष्ट प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष अशोक बिष्टले जानकारी गराए ।
स्थानीय तहमा लुकेर बसेका धावकहरुको खोजि गरि प्रतिस्पर्धाको माध्यम बाट राष्ट्रिय धावकहरुको उत्पादन गर्ने उदेश्य सहित आयोजना गर्न लागेको सो प्रतियोगितामा काठमाडौं उपत्यका ( काठमाडौं, भक्तपुर र ललितपुर) जिल्लाका २१ वटा स्थानीय तह बाट दुइ जना महिला र २ जना पुरुष छनौट गरि पठाइदिन आयोजकले अनुरोध गरेको छ ।सहभागीहरुले दर्ता फाल्गुन २० गते भित्र गरि सक्न पनि प्रतिष्ठानका उपाध्यक्ष अच्युत बिष्टले अनुरोध गरेका छन ।२०६१ सालमा खेल खेलाडी अनुशासन र राष्ट्रियता भन्ने मूल नाराको साथ् स्थापित उक्त प्रतिष्ठानले हाल सम्म बिभिन्न विधाका दौड प्रतियोगिता संचालन गर्दै आएको छ भने बिशेष अवसर पारेर देशका उत्कृष्ट भेट्रान खल्दै तथा समाजमा उल्लेखनीय योगदान दिएका ब्यक्तिहरुलाई सम्मान समेत गर्दै आएको छ।