चक्र स्मृति बिध्यालयलाइ सहयोग गर्दै लायन्स क्लब अफ काठमाडौं जोरपाटीले मनायो चार्टर डे

चक्र स्मृति बिध्यालयलाइ सहयोग गर्दै लायन्स क्लब अफ काठमाडौं जोरपाटीले मनायो चार्टर डे

कपन अनलाइन
काठमाडौं फाल्गुन १८ ।सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक डी अन्तरगतको लायन्स क्लब अफ् काठमाडौं जोरपाटीले आफ्नो २७ औं स्थापना दिवस (चार्टर डे) मनाएको छ ।ओदान रिसोट,इन्द्रायणिमा लायन्स क्लब अफ् काठमाडौं जोरपाटीका प्रेसिडेन्ट लायन प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त चार्टर डे कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक डी का डिस्ट्रिक गभर्नर लायन बिष्णुभाइ श्रेष्ठ,  सेकन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन सुरेन्द्र प्रकाश बलाय,

पास्ट डिस्ट्रिक गभर्नर तथा मल्टिपल एन्भाइरोन्मेंट चिफ लायन कुमार राज सुवेदी, क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य, क्याबिनेट टेजर्र लब कुमार श्रेष्ठ, चिफ एरिया कोअर्डिनेटर डिष्ट्रीक्ट जिईटी कोअडिर्नेटर लायन दिपक चापागाई, डिष्ट्रीक्ट एम् जि अफ् कोअर्डिनेटर लायन रमेश रिजालगोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी चिफ हङ्गर रिलिफ लायन आनन्द बराल, चिफ कन्सिटिउसन लायन राकेश चक्रधर, चिफ सिनियर सिटिजन्स् सर्भिस लायन विष्णु लामिछाने, को-चिफ एड्भाइजर लायन दिपक कुमार भण्डारी, डिष्ट्रीक्ट एड्भाइजर लायन कुमार श्रेष्ठ, राष्ट्रिय सहिद स्मारक पार्कका अध्यक्ष तथा क्लबका पुर्व अध्यक्ष लायन सुदर्शन सिग्देल चक्र स्मृति बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम समाजसेवी राजु सुनार लगायत लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।

क्लब स्थापना दिवसको अवसर पारेर चक्र स्मृति बिध्यालयलाइ बिभिन्न शैक्षिक सामग्री तथा लाइब्रेरीको लागि आवश्यक पुस्तक समेत प्रदान गरिएको लायन्स क्लब अफ काठमाडौं जोरपाटीका प्रेसिडेन्ट प्रकाश अधिकारीले जानकारी गराए ।कार्यक्रममा बोल्ने वक्ताहरुले लायन्स क्लबले गर्दै आएको सामाजिक कार्यको बारेमा जानकारी दिदै लायन्स क्लब अफ काठमाडौं जोरपाटीको स्थापना दिवसको शुभकामना दिएका थिए ।लायन्स लिडरहरु जहिले पनि आफू भन्दा कम भाग्यमानीहरुलाई सहयोग गर्न पाउँदा रमाउने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।