कागेश्वरी मनोहरा नगरपालिकाका सहकारी संस्थाहरुलाई अत्यन्तै जरुरी सुचना !

कागेश्वरी मनोहरा नगरपालिकाका सहकारी संस्थाहरुलाई अत्यन्तै जरुरी सुचना !

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १६। कागेश्वरी मनोहरा नगरपालिकाले सहकारी संस्थालाई १५ दिनभित्र अद्यावधिक गर्न  सार्वजनिक सुचना मार्फत आग्रह गरेको छ। नगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जारी गरेको सुचनामा नगरपालिका क्षेत्र भित्र भएका सहकारी संस्थालाई १५ दिनभित्र आवश्यक कागजातसहित पालिकाको सहकारी शाखामा सम्पर्क राखी  अद्यावधिक गर्न अनुरोध गरिएको छ ।सुचनामा  कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत कार्यक्षेत्र तथा कार्यालय भइ, प्रदेश अन्तर्गत दर्ता भएका विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि तपसिल बमोजिमको ढाचामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेख गरिएको सम्पूर्ण कागजात नगरपालिकाको सहकारी शाखामा उपलब्ध हुनेगरी पेश गर्नु अनुरोध गरिएको छ  ।अद्यावधिक गर्नका लागि संस्था दर्ताको प्रमाणपत्रसहित कर चुक्ता, लेखापरिक्षण, व्यवसाय दर्ता एंम नविकरण गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तो छ सुचना :

तपाइँको प्रतिक्रिया ।