काठमाण्डौ क्षेत्र नं ४ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उदघाटन

काठमाण्डौ क्षेत्र नं ४ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उदघाटन

कपन अनलाइन

काठमाडौं फाल्गुन १६ ।

काठमाण्डौ क्षेत्र नं ४ मा प्रतिनिधि सभा र प्रदेस सभा सदस्यहरुको संयुक्त सम्पर्क कार्यालय उदघाटन गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे चुनावी क्षेत्र रहेको काठमाण्डौ -४  का प्रतिनिधि सभा  र प्रदेस सभा सदस्यहरूकाे  सम्पर्क कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं ७  पहेँलाे पुल(भत्केकाे पुल) मा रहेको छ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का  सांसद गगन थापाले सम्पर्क कार्यालयकाे उद्घाटन गरेका थिए ।

क्षेत्र नं ४ का संघ तथा प्रदेशका जनप्रतिनिधिको काम तथा जनसम्पर्क   सहज बनाउन खाेलिएकाे कार्यालयकाे उद्घाटन कार्यक्रममा  थापासहित प्रदेशसभासदस्यहरु  श्रीराम लामिछाने, याङकिला शेर्पा र मिना पराजुलीकाे उपस्थिति रहेको थियो ।

उक्त कार्यालय उदघाटन कार्यक्रममा नेकपा  माओवादी केन्द्रका डम्बर अधिकारी  र नेकपा  एकीकृत समाजवादीका   ध्रुवराज न्याैपानेले पनि  सम्बाेधन गरेका थिए ।

चुनावमा व्यक्त गरिएको वाचा अनुसार एकैठाउँमा कार्यालय खाेलेकाे भन्दै प्रमुख अतिथि थापाले सम्पर्क कार्यालयलाइ काँग्रेस सांसदकाे मात्र  कार्यालय नबनाइ सबैकाे साझा  बनाउन गठबन्धन दलसहितकाे उपस्थितिमा  उद्घाटन गरिएकाे बताएका थिए ।फोटो : रमेश भुषाल

तपाइँको प्रतिक्रिया ।