गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नगरस्तरीय नि:शुल्क योग बिज्ञान शिविर हुने
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १६। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नगरस्तरीय नि:शुल्क योग बिज्ञान शिविर हुने भएको छ ।महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा , गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आयोजना तथा पतंजलि योग समिति गोकर्णेश्वर, महिला पतंजली योग समिति काठमाण्डौ,पतंजली योग समिति काठमाण्डौ, नारायणटार युवा क्लबको सहयोगमा फाल्गुन १७ गते देखि फाल्गुन २३ गते सम्म नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको प्रांगणमा बिहान ५ :३० बजे देखि ७:३० बजे सम्म हुने उक्त बृहत नगरस्तरीय नि:शुल्क योग बिज्ञान शिविरमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।
स्वास्थ्यनै ठुलो धन भएको हुँदा योगको माध्यमबाट आम व्यक्तिलाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त शिविरले नागरिकहरुमा योग विज्ञानको महत्व र यसले मानव जीवनमा पार्ने प्रत्यक्ष फाइदाका विषयमा सकारात्मक सन्देश प्रभाव गर्ने अपेक्षा लिइएको छ ।