शंखरापुर साँखु बजारका विद्युतीय तार भूमिगत गर्ने काम सुरु
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १६। शंखरापुर नगरपालिकामा पर्ने ऐतिहासिक नगरी साँखु बजारमा बिजुलीका तार भूमिगत गर्ने काम सुरु भएको छ । बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुन सक्ने, मानविय क्षतिका साथै सम्पदा बस्तीको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । विकसित मुलुकमा विद्युत वितरण प्रणाली भूमिगत रहेको छ ।शंखरापुर नगरपालिका वडा नं ६ र ७ मा समेटिईएको साँखुमा वडा अध्यक्षहरु राधाकृष्ण श्रेष्ठ , बिष्णु प्रसाद श्रेष्ठ र नगर प्रमुख रमेश नापितको विशेष पहलमा शंखरापुरको सम्पदा बस्ती भित्रको बिद्युतिय तार भुमिगत गर्ने कार्य शुरू गरिएको हो ।
केहि हप्ताभित्र साँखुको महादेवस्थानदेखि सुन्टोल ध्वाखा सम्म पाईप लाईन र तार बिछ्याउने काम सम्पन्न गरिसक्ने वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन ।बिद्युत तार भूमिगत गरे लगत्तै ईटा सोलिङ्गको काम शुरू गर्ने तयारी रहेको छ । क्रमिकरूपमा शंखरापुर नगरपालिकाको अन्य वडाहरूमा पनि बिद्युतिय तारहरू भुमिगत गर्दै जाने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।