पत्रकार केसीलाई पितृशोक

काठमाडौँ, १० असार । प्रेस चौतारी नेपालका उपाध्यक्ष तथा ‘छलफल’ साप्ताहिकका कार्यकारी सम्पादक उपेन्द्र केसीलाई पितृशोक परेको छ ।

केसीका पिता इन्द्रबहादुर खत्रीको ६९ वर्षका उमेरमा आज हृदयाघातका कारण भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

भूतपूर्व सैनिक खत्रीका दुई छोरा दुई छोरी छन् । चौतारीका महासचिव माधव नेपालले आज शोक विज्ञप्ति जारी गरी शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

तपाइँको प्रतिक्रिया ।