सर्वेश्वर महादेव मन्दिर गोकर्णेश्वर ६ मा महाशिवरात्री बिशेष कार्यक्रम  हुदै

सर्वेश्वर महादेव मन्दिर गोकर्णेश्वर ६ मा महाशिवरात्री बिशेष कार्यक्रम  हुदै

कपन अनलाइन

काठमाडौं फाल्गुन ६।  हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहीआएको छ ।

महाशिवरात्रीको अवसरमा गोकर्णेश्वर  नगरपालिका वडा नं ६मा रहेको सर्वेश्वर महादेव मन्दिरमा  महाशिवरात्री बिशेष कार्यक्रम  आयोजना गरेको छ । बेहुली जस्तै सिंगारिएको उक्त मन्दिरमा  भजन कृतन सहित बिशेष पुजा संगीर्तन र प्रसाद बितरण  गरिने आयोजकले जानकारी गराएको छ ।महाशिवरात्रीको अवसरमा गोकर्णेश्वर  नगरपालिका वडा नं ६का वडा अध्यक्ष नवराज लामाले शुभकामना दिदै  महाशिवरात्री बिशेष कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै वडाले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताएका थिए ।उनले धार्मिक पर्यटन भित्र्याउन यस्ता कार्यक्रमले सहयोग पुर्याउने समेत बताएका छन । उनले पर्व मनाउने बाहानामा बिभिन्न नकरात्मक क्रियाकलापहरु वढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै चाडपर्वलाई संस्कृति भन्दा पनि वढि मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रुपमा विकशित गरिँदै आएको बताए ।

उनले  भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो घोट्टा आदिको खुलम खुल्ला सेवन गर्ने चलन छ । यो खाएपछि शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएको भन्दै  एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेको बताए ।  यसले पछिसम्मका लागि नकारात्मक असर पर्ने हुँदा त्यस्तो कार्यमा नलाग्न समेत उनले अनुरोध गरेका छन  । नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदीले महाशिवरात्रीको शुभकामना दिदै नगरपालिकाले पशुपतिनाथ आएका धार्मिक पर्यटक तथा भक्तजनलाइ गोकर्णेश्वर सम्म ल्याउनको लागि बिभिन्न कार्यक्रम गरिरहेको बताएका थिए। उनले नगरपालिका धार्मिक पर्यटन प्रवर्द्धनको लागि समेत कार्यक्रम गरिरहेको जानकारी दिएका छन्

उनले भगवान खुसी हामीले नशालु पदार्थ खाएर हुन्छन् भन्ने मान्यता त्याग्न अनुरोध गर्दै  पर्वलाई रमाइलो बनाउने  बाहनामा प्रयोग गरिने त्यस्ता विकृतिजन्य संस्कारलाई मात्रै अनुशरणनगर्न समेत अनुरोध गरेका छन ।  समाजसेवी डा सुन्दर सिंह बोहोराले महाशिवरात्रीको शुभकामना दिदै धार्मिक, मौलिक, सांस्कृतिक तथा विभिन्न पर्वका रूपमा मनाउँदै आइरहेको कार्यक्रमले  देशको अस्तित्व, धार्मिक सहिष्णुतालगायत आत्मीयता गासेको बताए । उनले धर्मको नाममा बिकृति बढाउन नहुने तर्फ समेत सचेत गराउदै सर्वेश्वर महादेव मन्दिरमा हुने कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन  ।

 

तपाइँको प्रतिक्रिया ।