काठमाण्डौका प्रमुख शाह र उपप्रमुख डंगोलसँग अष्ट्रेलियाका राजदूत फेलिसिटीको शिष्टाचार भेट

काठमाण्डौका प्रमुख शाह र उपप्रमुख डंगोलसँग अष्ट्रेलियाका राजदूत फेलिसिटीको शिष्टाचार भेट

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको भेटका क्रममा अटिजम सचेतना प्रवर्धन कार्यक्रममा विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा प्रमुख शाहले सामाजिक जिम्मेवारीलाई महानगरले प्राथमिक जिम्मेवारी रुपमा ग्रहण गरेको बताएका थिए  ।पारिवारिक र सामाजिक समस्याका रुपमा रहेको अटिजमका विषयमा सचेतना कार्यक्रममा सहकार्यप्रति आफू उत्साहित रहेको राजदूत भोल्कको भनाइ थियो ।

सांगीतिक कार्यक्रम मार्फत सचेतनाअभिवृद्धि गर्न महानगरपालिका, नेपालका लागि अष्ट्रलियाको दूतावास र अटिजम केयर नेपाल सोसाइटी बिच सहकार्य गर्ने विषयमा कुराकानी केन्द्रित थियो । कार्यक्रममा अटिजम भएका बालबालिकाको प्रस्तुति रहनेछ ।

अजिटम भएका बालबालिकाको समस्या छिटो पहिचान गर्न सकियोस । उनीहरुले पाउनु पर्ने सुविधा छिटै प्राप्त गर्न सकुन । सरकारका नीति तथा कार्यक्रममा अटिजमको विषयले प्राथमिकता पाउन सकोस । भन्ने सन्देश प्रवाह गर्नु सचेतनामूलक कार्यक्रमको उद्देश्य हो ।

सेन्टर फर डिजिट कन्ट्रोलको तथ्याङ्क अनुसार ४४ जना बालबालिकामध्ये १ जनामा अटिजम भएको देखिन्छ । यो किन र कसरी हुन्छ? कारण थाहा छैन । निको पार्न सकिँदेन । जीवनभर रहिरहन्छ । यसकारण अटिजमलाई ग्वोबल पब्लिक हेल्थ क्राइसिसका रुपमा लिइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।