महाभारत महायुद्ध : मुक्तिनाथ शर्मा ( कविता )

महाभारत महायुद्ध : मुक्तिनाथ शर्मा ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

सुरु भयो महायुद्ध गंगापुत्र अघि अघि
दुर्याेधन पछाडिछन् लाखौं सेना अघिपछि
अर्कापट्टि पनि उस्तै रहेकोे सैन्यकाबल
भीमसेन अगाडि छन् सेना नायक गम्भिर ।।१।।

समस्त कौरवी सेना कठोर मनका बने
भयो आक्रमणा देश सस्त्रअस्त्र चलाइए
मार्ने र मारिने कार्य त्रासदीपूर्ण जो थियो
कुरुक्षेत्र भयो मृत्युक्षेत्र हाय अचम्मभो ।।२।।

मान्छेको हात्तीको रक्त अश्वको पोखरी बन्यो
बिस्तारै भल बढ्दै गो नदी सागरझैं भयो
अर्धमृत्यु मिलेका क्वै ऐयाऐया भनीरहे
सान्त्वना औषधी पानी नमिल्दा रगतै पिए ।।३।।

सूर्योदयहुदा युद्ध सुरुहुन्थ्यो दिनैदिन
सूर्यास्त संग संगै  युद्ध बन्दहुन्थ्यो सबैदिन
अनेक ब्युह बन्थे र तोडिन्थे युद्ध चल्दथे
हजारौं वीर मारिन्थे बचेका पुनः लड्दथे ।।४।।

यसरि दिन नौसम्म भयो युद्ध भयंकर
दशौं दिन सिखन्डीजी अगाडि युद्ध उत्सुक
देखेर भीष्मजी युद्ध नगर्ने सुरमा थिए
हजारौं बाण हानेर गंगापुत्र लडाइए ।।५।।

मृत्यु पर्खेर श्री भीष्म सरसैया सुतेपछि
गुरुद्रोण भए सेनापति युद्ध बढ्यो अघि
युद्ध चल्दै गयो उग्र रूपमा होमिए सबै
द्रोणाचार्यजीको अन्त्यभयो हातीनि  दिनमै ।।६।।

द्रोणाचार्य पछि कर्ण सेनापति बनाइए
कर्णको भो नाश सुयोधन् एक्लिदै गए
सल्यपर्व पछि युद्ध चल्यो चल्नतता पनि
केही लागेन मारिए राजा सुयोधनै पनि ।।७।।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।