फेरिनेछ भोलि : त्रिलोचन आचार्य (कविता )

फेरिनेछ भोलि : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

कहाँ भोलि सधैँ रून्चे उस्तै दुरूस्त आउँछ
उस्तै लाग्छ तथा पिझन् बनेर मस्त आउँछ
बाटो समाउँदै नौलो बोकेर शीत आउँछ
दीनता हीनता तोड्ने गाएर गीत आउँछ ।१।

बिहानी पख किसान पुर्याई  खेत आउँछ
उठाई भरिया हिँड्ने दिँदै सङ्केत आउँछ
छर्दै सुरम्य पाखाका उज्यालो घाम आउँछ
भर्दै विश्वास आँखामा हिँड्दै ठम्ठम आउँछ ।२।

भोका पेटहरू भर्ने योजनाबाट आउँछ
नाङ्गा आङहरू ढाक्ने चाहना साथ आउँछ
हार्नेलाई जिताएरै छाड्ने बनेर आउँछ
भीर पाखा छिचोल्ने झन् बाटो खनेर आउँछ ।३।

निरासा मनका भुल्ने उर्जा बोकेर आउँछ
कुण्ठा पीडा भएभित्रै ताला ठोकेर आउँछ
खेतमा धानका बाला झुलाईकन आउँछ
उद्यानमा नयाँ थुँगा फुलाईकन आउँछ ।४।

हिजो जस्तो कहाँ हुन्छ बोकी तागत
टेकौँ चुलीहरू हामी गर्दै स्वागत आउँछ
रित्ता थाल भएभर्ने जुक्ति लिएर आउँछ
बाधा लाख छिचोल्ने झन् मुक्ति लिएर आउँछ ।५।

नभुल्नु भोलिको घाम न्यानो लिएर आउँछ
नभन्नु घर नै छैन छानो लिएर आउँछ
सुधार हार के काम बोकी रहस्य आउँछ
उर्स्तै हुन्न सधैँ उम्दा भोलि अवश्य आउँछ ।६।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।