स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन हुने

कपन अनलाइन

काठमाडौं, फागुन ५।

स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बिहीबार रिपोर्टर्स क्लबमापत्रकार सम्मेलन गर्दै आफ्नो राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० काठमाडौंमा हुने बताएको छ।
स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बेरोजगारीका विरुद्ध रोजगारी, भ्रष्टाचारका विरुद्ध सदाचार, कुशासनका विरुद्ध सुशासन, अनेकताका विरुद्ध एकता, विपन्नताका विरुद्ध सम्पन्नता, अशान्ति र अराजकताका विरुद्ध शान्ति, छटपटीका विरुद्ध आनन्दयसका उद्देश्य रहेको बताइएको छ। समाधानमूलक ’राष्ट्र पहिलो, अभियान’बाट सरकारले समेत सकारात्मक एवं समाधानात्मक सहयोग पाउने जनाएको यो अभियानले जनाएको छ।
पत्रकार सम्मेलनमा कृषक, श्रमिक, शिक्षक, प्राध्यापक, पत्रकार, वकिल, कर्मचारी, विद्यार्थी आदि वर्गीय सङ्गठनहरूको नेतृत्व सम्बन्धितवर्गबाटै हुनेछ । प्रत्येक राजनीतिक दलअथवा संस्थासँग सम्बद्ध अथवा आबद्ध राष्ट्रप्रेमीहरूका बीचमा व्यापक, विस्तृत र गम्भीर विचार–विमर्श गर्दै राष्ट्रहितमा केन्द्रित समाधानमूलक निश्कर्ष निकालेर क्रमशः सार्वजनिक गर्दै लगिने तथा व्यवस्थापन तथा उत्तरदायित्वनिर्वाहकालागि संयोजकहरू रहे तर सह–अस्तित्वमा आधारित यस पवित्रतम राष्ट्रिय अभियानका सम्पूर्ण अभियन्ताहरूको मर्यादाक्रम समान हुने पनि पत्रकार सम्मेलनमार्फत जनाइएको छ।
हालसम्म देशभरका विभिन्न ३० जिल्लामा जिल्ला समिति गठन भइसकेको र बाँकी जिल्लाहरूमा क्रमशःगर्दै गइने स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिकशक्तिले जनाएको छ।
राष्ट्रिय सम्मेलनआयोजक मूल समितिका संयोजकको अध्यक्षतामा २०७९।११।०३ मा बसेको सचिवालय बैठकले विभिन्नजिल्लाका अभियन्ताहरूबाट आएको सुझावका आधारमा यही फागुन ५, ६ र ७ गते आयोजनागर्ने भनिएको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० गते संघीय राजधानी काठमाण्डौमा आयोजनागर्ने निर्णय भएको स्वतन्त्रउम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले जनाएको छ।
स्वतन्त्र उमेवार तथा बैकल्पीक राजनितिक शक्तिको राष्ट्रिय सम्मेलन मुल आयोजक समितिका समितका संयोजक डा. नन्दप्रसाद काप्रीले देशभरीका पार्टहरुलाई सबैलाई एउटै साझाबनाएर राष्ट्रिय निकास दिनुपरेको  बताए।

उनले भने,‘अहिलेको सरकारलाई सडकबाट जनदबावदिनुपर्यो। त्यसो भएनभने प्रतिपक्षविहिन संसद भएको अवस्थामा फेरि सरकार जनताप्रति उत्तरदायित्व भएन खबरदारी हुँदैन। खबरदारी गर्नेकालागि एउटा शशक्त  नागरिक समूह निर्माण गर्नुपर्छ भन्ने महान उद्धेश्य राखेर हामी अगाडि बढिराखेका छौं।’
यस्तै, अधिवक्ता स्वागत नेपालले सांसद्हरु खरिद बिक्रिमा रेहको बताएका छन्। उनले सांसदहरु खरिदबिक्रीमा रहेको हुदाँ बिदेशीले मनलागेको बेलाखरिद बिक्रीगर्ने गरेको र सरकार ढल्ने गरेको बताए। उनले भने,‘सांसदहरु खरिदबिक्रीमा छन्। बिदेशीले मनलागेको बेलाखरिद–बिक्री गर्छन अनि सरकार ढल्छ। सांसद्हरुलाई पार्टले ह्वीप लगाउँछ। आफ्ना कुराहरु बोल्न सक्दैनन।’
देशमाब्यवस्था परिवर्तन नभएको भन्दै नेपालले भने,‘व्यवस्था सधै   असफलभइरहने अनि मान्छेहरु सधैं नै सफलभइरहने। राणाकाल अन्त्य भएपछि प्रधानमन्त्री मोहनशमशेर नै हुनुहुन्थ्यो।

पञ्चायत ब्यवस्थमा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा नै थिए। पछि संयोगवस दुवैले प्रजातन्त्र नामको पार्टी खोले। यीनैले हो हामीलाई २०१९ सालको संविधानकामनलाग्ने भनेर संसारको उत्कृष्ट संविधानभनेर २०४७ साल संविधान लादेको। ब्यवस्थाअसफलभयो, यी मान्छे त सफलभए। र, फेरि प्रजातन्त्रमा पनि हामीलाई लोकेन्द्रबहादुर र सूर्य बहादुरहरुले नै शासन गरिरहे।

हामीले रातदिन टूपी कसेर पढ्दा पनिहामीले सानोतिनो मुखियाको जागिर पाउँदैनौ। बक्सिस प्राप्तगर्दै एकैचोटी सहसचिवभएकामानिस पञ्चायतमा जो थिए उनैलाई पछि जनताको ब्यवस्था भनेकोमापनिल्याएर संसारका सबै देशको लोकतन्त्रको मापकमाअख्तियार दुरुपयोग अनुसन्धानआयोगको प्रमुखबनाइयो।’
बेग्लाबेग्लै नाम गरेका एउटै पार्टीबाट नेपाली जनता लुटिएको उनको आरोप छ । नेपालले भने,‘हामी लोकतन्त्रमा छैनौं। हामी लुटतन्त्रमा छौं। चोरतन्त्रमा छौं। जुन व्यवस्थामा तपाईं र मैले बिरामीहुँदा एउटा सिटामोल खानपाउँदैनौं। तर हामीले तिरेको करले सांसदको तलब र भत्ताको नाममा राज्यकोष लुटेर पार्टीको नाममाजम्मागरिन्छ।’
हाम्रो नेपाली पार्टीकाप्रवक्ता ई. रोहनकार्कीले निर्वाचनपछि निर्वाचितभएका सांसद्हरु आफ्नो घोषणापत्रको अडिट गर्नुपर्ने ब्यवस्था मिलाउनुपर्ने बताए। उनले भने,‘निर्वाचनपछि निर्वाचित सांसदहरुले आफूले मत माग्दै गर्दा चुनावको बेलामा घोषणा गरेका कुराहरु पूरा गरेनन्भने आजीवन चुनाव नलड्ने वाबीचमा कसरी फिर्ता बोलाउने भन्नेबारे निर्वाचन आयोगलाई अधिकार दिनुपर्छ।’
यसैगरी गेलु शेर्पाले देशको ब्यवस्थाप्रति चरम असन्तुष्टी पोखे ।उनले देशका सबै ठाउँमा भ्रष्टाचार, कुशासन, ढिलासुस्तीभएको भन्दै त्यसलाई कमगर्न बिदेशी दलाल बाहेकका सबै नेपालीहरुले राष्ट्र निर्माणमा एक भएर अगाडि बढ्नुपर्ने बताए।
त्यस्तै डा. बलदेव अधिकारीले प्रत्येक नेपालीलाई नेपालीसँग विभाजित गरिदैं आएको बताए। उनले भने,‘प्रत्यके नेपालीलाई नेपालीसँग विभाजित गरिदैं आएको छ । मुलुकमा अराजकताको खेति मौलाउँदैछ। भोटको राजनीतिलाई भूराजनीतिले खाइदिन्छ।’पत्रकार सम्मेलनको सञ्चालन सुनिल प्रसादशाहले गरेकाथिए।

तपाइँको प्रतिक्रिया ।