यात्रुले भनेको ठाउमा जान नमान्ने १० जना ट्याक्सी चालकलाई कारवाही

यात्रुले भनेको ठाउमा जान नमान्ने १० जना ट्याक्सी चालकलाई कारवाही

कपन अनलाइन

काठमाडौं, फागुन ५।

प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहिबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछी चालकलाई कारबाही गरिएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट २० जना मोटरसाइकलका चालकलाई कारबाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन  ।
त्यसैगरी,यात्रु लिन इन्कार गर्ने १० जना ट्याक्सी चालकलाई पनि आजै काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा यात्रुले जान चाहेको स्थानमा जान नमान्ने १० जना ट्याक्सी चालक फेला परेपछी ट्राफिक प्रहरीले कारबाही गरेको हो।

सार्वजनिक सवारी चालकले खाली रहेको अवस्थामा यात्रु लिन इन्कार गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार ५ सय देखि १५ सय सम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी बरिष्ठ उपरीक्षक भट्टले बताए  ।

तपाइँको प्रतिक्रिया ।